प्रधानमन्त्री ओली सकेसम्म चाँडै सिंगापुर जाने ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १४, २०७६ बिहिबार २२:४५:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/Kp-oli-in-hospital_wM4p8wEiX0.jpg)
१४ कार्तिक, काठमाडौं । बुधबार अपरान्ह जुन बेला प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष खड्गप्रसाद ओली उच्च ज्वरोका साथ आफ्नो दीर्घ व्यथासँग सम्बन्धी स्वास्थ्यमा अचानक उत्पन्न समस्याका कारण अस्पताल भर्ना हुँदै थिए, त्यही बेला सत्तारुढ पार्टीका समकक्षी अध्यक्ष प्रचण्ड ‘मधेशको विकासका लागि आफू जस्तोसुकै आन्दोलन गर्न र अनशन बस्न पनि तयार रहेको’ असन्तोष र धम्कीको पुष्टि भएको छठ भाषण ठोकिरहेका थिए ।
प्रधानमन्त्री ओलीको कार्तिक १४ गते बिहिबार दोस्रोपटक डाइलाईसिस गरियो । बिहिबार दिउँसो प्रचण्डले ओलीको उपचार भईरहेको ग्राण्डी अस्पताल पुगेर स्वास्थ्यस्थितिको जानकारी लिए । उनको मन्त्रिपरिषदका सदस्यहरू र नेकपाका नेताहरूको अस्पताल आवतजावत बाक्लिएको छ ।
डाक्टरहरूले उनको ‘स्वास्थ्यस्थिति सामान्य छ’ भनी १३ गते बुधबारको अस्पताल विज्ञप्तीमा उल्लेख गरेका थिए । १४ गते बुधबार उपचाररत डाक्टरहरूबाटै ‘स्वास्थ्य अवस्था सुधारोन्मुख छ’ भनियो । यसबाट जनतामा झन् भ्रम फैलियो । तर भर्खरै साे अस्पतालले उनलाई डिस्चार्ज गरेकाे छ । २-३ दिन हेर्ने र त्यसपछि निर्णय लिने बताइएकाे छ ।
अस्पतालबाट संकेत बुझिएको र प्रधानमन्त्री निकट व्यक्तिहरूको इच्छाअनुसार प्रधानमन्त्रीलाई उपचारार्थ सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल लगिने सम्भावना छ, जहाँ यसअघि उनको उपचार भएको थियो ।
गत भदौ ५ गते प्र.म. ओलीले दोस्रोपटक सिंगापुरमा उपचार गराएका थिए । त्यो बेला उनको शरीरमा मिर्गौलाले ठीकसँग काम नगरेर उत्पन्न बिकार तथा एन्टीबडी सफा गर्न प्लाज्मा फेरेसिस प्रक्रिया (एकप्रकारको डाईलाईसिस) गरिएको थियो । त्यस्तो उपचार लिएको बिमारीले पूर्ण आरामका साथ रहनुपर्नेमा धपेडी ज्यादै परेको प्रतिक्रिया आईरहेकै थियो । दोस्रोपटकको सिंगापुर उपचार सँगसँगै तीनवटा गम्भीर विवाद त्यस बेला उत्पन्न भएका थिए ।
पहिलो, सिंगापुरबाटै आफ्नो मन्त्रिपरिषदको बैठक राख्ने काम । तर चारैतिरबाट चर्को विवाद उत्पन्न भएपछि यसलाई ‘प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूसँग भिडियो छलफल मात्र गरेको’ भन्ने अर्थ लगाईयो । तर विदेशमा बसेर भिडियो कन्फेरेन्स प्रविधिद्वारा मन्त्रिपरिषदको बैठक चलाउनका लागि नियमावलीमा संशोधन गर्नुका साथै अन्य कानुनी र प्राविधिक तयारी गरिएको थियो ।
दोस्रो विवाद, प्रधानमन्त्रीको उपचार खर्च । उपचार खर्च सरकारले नबेहोर्ने निर्णय भएको ब्यहोरा सरकारी घोषणामै गरिएको थियो । तर ‘खुलेआम गोप्य’ (ओपन सेक्रेट) के देखियो भने सिंगापुरको सम्पूर्ण खर्च विवादास्पद र आपत्तीजनक ढङ्गले राज्यलाई चालिसौँ अर्बको घाटा बोकाउँदै एनसेल कम्पनीका विवादास्पद साहुकै घरमा बसेर उनकै खर्चमा ओलीले आफ्नो उपचार गराएकाे आराेप उनीमाथि लागेकाे छ ।
तेस्रो विवाद, सिंगापुर प्रस्थान गर्नुअघि भएको सत्तारुढ नेकपाको पार्टी सचिवालय बैठकका क्रममा आफ्नै पार्टीका नेता माधवकुमार नेपालले स्वास्थ्यलाभको कामना गर्दा प्रधानमन्त्री ओलीले ‘तपाईको शुभकामना मलाई चाहिँदैन….’ भनी असभ्य र तल्लोस्तरको प्रतिक्रिया दिएकोमा चौतर्फी क्षोभ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभ्रातृ संस्थाको तदर्थ समिति भंग गर्न देउवाले बुढानिलकण्ठमा बोलाए पदाधिकारी बैठक
असार १६, २०८१ आइतबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
ओलीलाई भेट्न पत्नी आरजुसहित देउवा किन पुगे बालकोट ?
असार १५, २०८१ शनिबार
नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते
असार १६, २०८१ आइतबार
असई थमन विकको हत्या प्रकरण, पूर्वसांसद यादव पक्राउ
असार १६, २०८१ आइतबार
विभिन्न स्थानबाट २०८ किलो गाँजासहित पाँच जना पक्राउ
असार १६, २०८१ आइतबार
सरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
महाकाली नदीमा बगेर मजदुर बेपत्ता
असार १६, २०८१ आइतबार
मकालु वरुण निकुञ्जका कर्मचारी मृत भेटिए
असार १६, २०८१ आइतबार