लोकाहापुलमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि
नेपालबहस संवाददाता
कात्तिक १८, २०७६ सोमबार १८:५८:२५
मिना कंडेल
१८ कार्तिक, नवलपुर । पूर्वी नवलपरासीको देवचुलि १५ लोकाहापुलको ग्याबिनमाथी भेटिएको शंकास्पद वस्तुमा विष्फोटक पदार्थ नभएको पुष्टि भएको छ ।
सोमवार बिहान रातो झोलामा कालो टेपले बेरेर बिजुलीको रातो–कालो तारको टुप्पो देखिने गरी प्याक गरेको अवस्थामा नवलपुरको कावासोती र देबचुली नगरपालिकाको सिमानामा रहेको पूर्वपश्चिम मुख्य मार्गको लोकाहामा शंकास्पद बस्तु भेटिएको थियो । बिहानै पुलको नजिकै शंकास्पद वस्तु रहेको सुचना पाएलगत्तै प्रहरी र सशस्त्रले सो स्थानमा घेरा हालेका थिए ।
करीब सवा नौ बजे झ्याल्टुङडाँडाबाट नेपाली सेनाको बम डिस्पोजल टोली आएपश्चात् बिहान ११ वजे शंकास्पद वस्तुलाई निस्क्रिय पारिएको थियो । निस्क्रिय पार्ने क्रममा भने बिस्फोटको आवाज आएको थियो । उक्त बस्तु बम नै नभए पनि सर्वसाधारणलाई बमको त्रासमा डर उत्पन्न गराउने होंक्स भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।
प्रहरीका अनुसार उक्त बिस्फोटको आवाज निस्क्रिय पार्ने क्रममा अपनाईने विधी हो । सेनालाई उक्त वस्तु पहिचान गर्न र निस्क्रिय पार्न २ घण्टा समय लागेको थियो । डिएसपी रानाभाटका अनुसार रातो झोलामा प्याक गरिएको उक्त पोको भित्र टिनको डब्बामा ढुंगा–माटो रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार
अधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार