नरपानीमा कार दुर्घटना, तीनको मृत्यु, दुई घाइते
नेपालबहस संवाददाता
कात्तिक २०, २०७६ बुधबार १७:६:१
२० कार्तिक, अर्घाखाँची । सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा केहीबेर अघि बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिए । दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो ।
घटनामा दुई पुरुष एक महिलाको मृत्यु भएको र उनीहरुको पहिचान हुन बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । घटनास्थलमा स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।
दुर्घटनामा एकको मृत्यु
चितवनको भरतपुरमा गएराति भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । भरतपुर महानगरपालिका–४ लङ्कुमा ना ६२ प ५९५ नं को मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा मोटरसाइकल चालक वडा नं ४ का २४ वर्षीय दीपक बस्नेतको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षीय प्रदीप बस्नेत गम्भीर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता
असोज २, २०८१ बुधबार
कटहरियामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
असोज ४, २०८१ शुक्रबार
नेपाल विद्युत् प्राधिकरणको ६१ उद्योगलाई पत्र, कात्तिक ८ गतेभित्र बक्यौता रकम तिर्नू
असोज ४, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १५ सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?
असोज ४, २०८१ शुक्रबार
स्थगित भयो पत्रकार महासंघको निर्वाचन
असोज ४, २०८१ शुक्रबार
अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार