अध्यक्षद्वारा उपाध्यक्ष उपर करोडको अनियमितता आरोप, प्रमुख प्रशासकीय अधिकृत सरुवाको माग
नेपालबहस संवाददाता
कात्तिक २१, २०७६ बिहिबार १६:४७:१३
धीरुभाइ
२१ कार्तिक, राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले गाउँपालिका उपाध्यक्षले विभिन्न वार्डका विकास निर्माण कार्यमा एक करोडको अनियमितता गरेको आरोप लगाएका छन् ।
गाउँपालिकाले राजविराजमा पत्रकार सम्मेलन गरी अध्यक्षले यस्तो आरोप लगाएका हुन् । गाउँपालिका उपाध्यक्ष सुचिताकुमारी यादवले विद्यालय, सडकमा माटो, ग्राभेल तथा बृद्धाश्रम भवन लगायतको योजनामा एक करोड बजेट छुट्याएको जानकारी दिदै अध्यक्ष सिंहले उपाध्यक्षले ती योजनाहरु टेण्डर प्रक्रियामा जान नचाहेर आफु अनुकूल उपभोक्ता समिति गठन गरी थोरबहुत काम गरेर पुरै रकम निकासा लिएको बताएका छन्
उपाध्यक्ष योजनाको मूल्याकंन समिति संयोजक समेत रहेको कारण काम सम्पन्न भएको मूल्याकंन प्रतिवेदन पेश गरी पुरै रकम भुक्तानी लिएर अनियमितता गरेको उनले बताएका छन् ।
उपाध्यक्ष यादवले योजनाको रकम अनियमितता गर्न गाउँपालिकाले तोकेको प्राविधिक इन्जिनियर र लागत स्टिमेट समेत परिवर्तन गरी आफु अनुकूलको प्राविधिकबाट चेकजाँच गराएर रकम भुक्तानी लिएको अध्यक्ष सिंहले बताउँदै आएका छन्, यस्तो कुरा थाहा पाएपछि पुनः चेकजाँच र मूल्याकंन गर्नुपर्ने भनेपछि उपाध्यक्ष आफ्नो विरोधमा उत्रिएको उनको आरोप छ । राम्रो काम गराउन नसक्नेले अध्यक्षलाई तानाशाह भनेर गलत प्रचारमा उत्रिनु गलत भएको उनले बताउँदै आएका छन् ।
सोही पत्रकार सम्मेलनमा वार्ड नं. २ का अध्यक्ष दिनेशकुमार मण्डलले उपाध्यक्षले यस वार्डमा नौ लाखको माटो ग्राभेलको एक लाख सम्मपनि खर्च नगरी निकासा लिएको बताए । त्यस्तै वार्ड नं. ५ अध्यक्ष राजेन्द्र साहले वार्डलाई जानकारी नै नदिई उपाध्यक्षका उपभोक्ता समितिले राती-राती छ इन्च मोटोको ढलानमा दुई÷तीन इन्च मात्र ढलान गरेको र काम गरेका मजदुरलाई समेत पारिश्रमिक नदिएको बताएका छन् ।
वार्डको सडकमा पाँच लाखको माटो ग्राभेल काममा दुई लाख पनि खर्च नगरी उपाध्यक्षले निकासा दिलाएर अनिमितता गरेको उनको कथन छ । पत्रकार सम्मेलनमा न्यायिक समिति सदस्य द्वेय सफिद मन्सुरी र रामनारायण साहले उपाध्यक्ष न्यायिक समितिका संयोजक भएपनि बैठक नबस्दा मुद्धा फर्छ्यौट नभएको बताएका छन्, १५० वटा मुद्धा छ, सबै थन्किएको छ, केहीलाई तारिखमा कुदाइ राखेको छ ।
पत्रकार सम्मेलनमा कुल जनप्रतिनिधिको दुई तिहाइ उपस्थितले उपाध्यक्ष उपर विभिन्न अनियमितताको आरोप लगाउँदै खनिएका थिए । सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत राजीव झाले अध्यक्षसहित निर्वाचित जनप्रतिनिधिलाई जानकारी नै नदिई वेवास्ता गरी सयौंको संख्यामा समर्थकहरुसहित नारा जुलुस गर्दै हाजिर भएको भन्दै जनप्रतिनिधिहरुले झाको सरुवा फिर्ताको माग गरेको छ ।
गत भदौ ८ गते सरुवा भएर आएका झा सोही गाउँपालिका १ तिलाठी निवासी हुन । त्यस्तै उपाध्यक्षले सञ्चालन गरेको योजनाहरुको छानविन गरी दोषी ठहर भएमा कारबाही अगाडी बढाइने अध्यक्ष सिंहले जानकारी दिएका छन् ।
यता उपाध्यक्षले एक दिन अगाडी मंगलबार पत्रकार सम्मेलन गरी अध्यक्ष सिंहले हैकमवादी चरित्र प्रदर्शन गर्दै एकल निर्णयका आधारमा व्यापक अनियमितता गरेको आरोप लगाएकी थिइन् । उपाध्यक्ष सुचिताकुमारी यादव र वार्ड नं. १ अध्यक्ष दिनेश्वर मिश्रसहित गाउँपालिकामा पराजितहरुले आयोजना गरेको सो पत्रकार सम्मेलनमा अध्यक्षले मनमानी ढंगलले काम गरिरहेकाले गाउँपालिकाको अवस्था लथालिङ्ग बनेको आरोप लगाएको छ ।
यसैगरी प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा फिर्ता गराउन अध्यक्ष लागि परेको कारण खातामा हस्ताक्षर परिवर्तन नहुँदा दशै, तिहार र छठमा गाउँपालिकाका कुनै पनि कर्मचारीले हालसम्म तलब पाउन सकेको छैन । यस्तै गाउँपालिकाका विद्यालय, स्वास्थ्य, लगायतमा करारमा कार्यरत ४७ कर्मचारीको म्याद नथपिएकोले अन्यौल बनेको छ । गाउँसभाले म्याद थप्ने निर्णय गरेपनि प्रशासकीय अधिकृतले निर्णय कार्यान्वयन नगरेकोले अन्यौल हुँदा डोर हाजिरीमा काम गराइरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई
असोज ४, २०८१ शुक्रबार
अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई
असोज ४, २०८१ शुक्रबार
संविधान संशोधन : सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि
असोज ४, २०८१ शुक्रबार
शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यले गरे बिदाइ
असोज ४, २०८१ शुक्रबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार