पोखरामा निर्वाचन कार्यालय नजिकै बम विस्फोट
नेपालबहस संवाददाता
कात्तिक २१, २०७६ बिहिबार १७:२३:२१
२१ कार्तिक,पोखरा । उपनिर्वाचनमा आज उम्मेदवारी दर्ता गर्न लाग्दा कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको पुष्टि गरेका छन् ।
पोखरास्थित निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा ठूलो आवाजसहित विस्फोट भएको हो । विस्फोटपछि पोखराको जनजीवन त्रसित बनेको छ । तराई मधेशमा निर्वाचनका बेला बम बिस्फोटका घटना हुने गरेपनि पर्यटकीय नगरी पोखरामा बम बिस्फोट हुनुलाई आश्र्चय मानिएको छ र पोखराको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।
यद्दपि बम बिस्फोट निर्वाचन बहिस्कार गर्दै आएको नेत्रबिक्रम चन्दको पार्टी नेकपाले गराएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । विप्लव नेतृत्वको सो पार्टीलाई सरकारले प्रतिबन्ध लगाएको छ । प्रहरीले थप अनुसन्धान गर्दै रहेको बताईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीपीसीलाई विद्युत महसुल बढाउने अनुमति दिएपछि उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा
जेठ ८, २०८१ मंगलबार
व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित
जेठ ८, २०८१ मंगलबार
गाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार