काठमाडौंसहित देशका १५ कलेज खारेज गर्ने तयारी (सुचीसहित)
नेपालबहस संवाददाता
कात्तिक २१, २०७६ शुक्रबार ०:४:६
२१ कार्तिक, काठमाडौं । काठमाडौंका नाम चलेका भनिएका कलेजहरुलाई सरकारले खारेज गर्ने तयारी गरेको छ । विदेशी निकायहरुबाट सम्बन्धन लिएका नेपालमा संचालनमा रहेका १५ वटा कलेजहरुलाई खारेज गर्ने तयारी भएको छ ।
नेपालको नीति र प्रणलीअनुसार तुरुन्तै खारेज गर्न मिल्ने भएपनि शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले १५ दिनको समय थप गरेको छ । तर मन्त्रालयले समय थप गर्नुको स्पष्ट कारण भने खुलाएको छैन ।
मन्त्रालयले गर्नमिल्ने कामलाई पनि न्यायिक दृष्टिकोणले पहिलोपल्ट प्रक्रिया पूरा गर्न भन्दै १५ दिनको समय दिएको हो । यदी त्यो समयमा प्रक्रिया पूरा नगरेमा खारेज गर्ने शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले जनाएका छन् ।
खारेज गर्न लागिएका कलेजहरु :
पेन्टागन एजुकेशन, काठमाडौं
ब्रिज वाटर इन्टरनेशनल, सिनामंगल
वाइल्ड इन्टुच्युड अफ एडभान्स, काठमाडौं
माल्पी इन्टरनेशनल कलेज, काठमाडौं
क्यापिटल कलेज, काठमाडौं
एभेरेष्ट एजुकेशन, काठमाडौं
भ्याली इन्टरनेश्नल कलेज, काठमाडौं
पोलिगन कलेज, काठमाडौं
एपेक्स लाइफ स्कुल, काठमाडौं
साउथ वेस्टन स्टेट कलेज, काठमाडौं
स्काइ इन्टरनेशनल कलेज, बुटवल
वेस्टन मेगा कलेज, बुटवल
वेष्ट्रन विजनेश कलेज, धनगढी
कसमस इन्टरनेशनल कलेज, पोखरा र एउटा कलेजको नाम खुल्न सकेको छैन ।
“हाम्रो प्रणाली अटेरी गरेर सरकारले दिएको समय सीमाभन्दा बाहिर गएमा सरकार बाध्य भएर खारेज गर्ने निष्कर्षमा पग्नेछ,” शिक्षामन्त्री पोखरेलले भने, “नियम विपरित सञ्चालनमा आएका नवीकरण नगरेको र राजस्व समेत नतिरेका लगायत कमजोरी समेत देखिएको छ ।” मन्त्रालयका अनुसार ती कलेजहरुले करिब दुई वर्षदेखि नवीकरण दस्तुर लगायत राज्यलाई तिनुपर्ने विभिन्न दस्तुरहरु बुझाएका छैनन भने विद्यार्थीसँग विभिन्न बहानामा लाखौँ लाख असुलिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश पढ्न जाने नेपालीको संख्या बढ्दै, ५ महिनामा मात्रै ४७ अर्ब ३४ करोड खर्च
माघ ४, २०८१ शुक्रबार
यस वर्षको एसईई चैत ७ गतेदेखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
माघ १, २०८१ मंगलबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार