भारतमा पहिरोको संकेत दिने ‘सेन्सर’ परीक्षण
नेपालबहस संवाददाता
कात्तिक २२, २०७६ शुक्रबार १६:४५:५६
२२ कार्तिक एजेन्सी । भारतमा पहिरोको संकेत दिने ‘सेन्सर’ परीक्षण गरिएको छ । भारतका ग्रामीण तथा हिमाली क्षेत्रहरूमा खासगरी वर्षा यामका बेला पहिरो खस्नु सामान्य मानिन्छ।
वैज्ञानिकहरूले हालै मात्र स्मार्टफोनमा हुने गतिको मापन गर्ने फिचर ‘मोसन सेन्सर’ को प्रयोग गरेर कम लागतमा पहिरोबारे पत्ता लगाउने प्रविधि विकास गरिएको बताएका छन्। त्यस्तो प्रविधि जडान गरिएका उपकरणले पहिरोका कारण प्रत्येक वर्ष दर्जनौँ मानिसको ज्यान जाने हिमाञ्चल प्रदेशका २० भन्दा बढी स्थानमा परीक्षण गरिएको छ।
उक्त प्रविधिले प्राकृतिक प्रकोपबाट हुने मृत्यु दर तथा त्यसले गर्ने क्षति कम गर्न उल्लेख्य सहयोग गर्ने अपेक्षा गरिएको वैज्ञानिकहरुले बताएका छन्। एक्सीलेरोमिटर गतिको मापन गर्ने एक प्रकारको मोसन सेन्सर हो जसले गतिमा हुने परिवर्तन मापन गर्छ। स्मार्टफोनहरूमा यसैको प्रयोग गरेर दिक्सूचक अर्थात् कम्पास प्रयोग गर्ने व्यवस्था मिलाइएको हुन्छ।
त्यसबाहेक नक्सासँग सम्बन्धित एप तथा फोनको स्क्रिन तेर्सो वा ठाडो बनाउन पनि त्यस एपको प्रयोग हुन्छ। इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी ‘आइआईटी’ का वैज्ञानिकहरूले त्यसैमा केही परिवर्तन गरेर कम लागतमा केही समयअघि पहिरोको चेतावनी दिन सक्ने प्रणालीको रूपमा विकास गर्न सकिने उपाय पत्ता लगाएका छन्।
यसको अनुमानित लागत करिब २० हजार भारतीय रुपैयाँ ‘३२ हजार नेपाली रुपैयाँ’ पर्नेछ जुन मौजुदा प्रविधि भन्दा निकै सस्तो हो। कम्प्युटर इन्जिनियर डाक्टर वरुण दत्त र सिभिल इन्जिनियर डाक्टर केभी उदयले उक्त प्रविधि विकासको नेतृत्व गरिरहेका छन्।
मोसन सेन्सरको प्रयोगबाट माटोको चाल मापन गरिरहेको उनीहरू बताउँछन्। उनका अनुसार श्रृङ्खलावद्ध रूपमा हुने स-साना माटोका चालले ठूलो विपत्तिबारे पूर्वानुमान गर्न सहयोग गर्नेछ। हिमाञ्चल प्रदेशको मन्डी जिल्लास्थित कोटरोपीमा उक्त उपकरणले अधिकारीहरूलाई पहिरोबारे जानकारी गराएको थियो।
उक्त उपकरणले दिएको सङ्केतका आधारमा प्रहरीले एउटा सडक खण्डबाट सवारीसाधनहरूलाई हटाएको थियो जुन पहिरोका कारण पछि गएर पूर्ण रूपमा ध्वस्त भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार