बागलुङ महोत्सवमा प्याराग्लाइडिङको परीक्षण उडान
नेपालबहस संवाददाता
कात्तिक २४, २०७६ आइतबार १२:५८:१०
२४ कार्तिक, बागलुङ । बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गरेको परीक्षण उडान सफल भएको हो ।
आगामी पुसमा सञ्चालन हुने बागलुङ महोत्सवमा प्याराग्लाइडिङ सञ्चालनका लागि परीक्षण उडान गरिएको महोत्सव आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । धावनमार्ग र अवतरणस्थल पहिचानका लागि परीक्षण उडान गर्नुपरेको सङ्घका महासचिव नरेश कँडेलले बताए।
केहीबेर बागलुङको आकाशमा उडेपछि चालक सुनवारले धवलागिरि बहुमुखी क्याम्पसको चौरमा प्याराग्लाइडिङलाई अवतरण गराएका थिए। क्याम्पस प्राङ्गणमा महोत्सव चल्ने हुँदा वैकल्पिक अवतरणस्थलको खोजी भइरहेको छ । “उपल्लाचौर, बसपार्क क्षेत्रलगायतका ठाउँ हेर्दैछौँ”, महासचिव कँडेलले भने।
उडानका लागि प्राविधिक र वातावरणीय हिसाबले पञ्चकोट उपयुक्त रहेको चालक सुनुवारले बताए । उक्त स्थानमा व्यावसायिकरूपमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने उनको भनाइ छ । पञ्चकोट पछिल्लो समय धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको छ ।
प्राकृतिक सौन्दर्य, मनोरम वातावरण, हिमशृङ्खला अवलोकन आदिका लागि पनि पञ्चकोट उत्तम मानिन्छ । धावनमार्गमा आवश्यक पूर्वाधार निर्माण गरी थप व्यवस्थित गरिने महासचिव कँडेलले बताए । “बागलुङ महोत्सवको प्रमुख आकर्षणमध्ये प्याराग्लाइडिङ पनि एक हो”, उनले भने, “प्याराग्लाइडिङको गन्तव्य पहिचान र नियमित सञ्चालनको वातावरण बनाउन यसले सघाउने हाम्रो विश्वास छ ।”
साहसिक खेलका रुपमा समेत चिनिएको प्याराग्लाइडिङका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य महोत्सव आयोजकले लिएको छ । महोत्सव अवलोकनमा आउने दर्शक÷पर्यटकले प्याराग्लाइडिङ उडानको मज्जा लिन पाउनेछन् । निश्चित शुल्क तोकेर उडान गराइने आयोजकले जनाएको छ ।
पर्यटन र व्यापार प्रवद्र्धनसँगै खेल, कला, संस्कृतिको जगेर्नाका लागि आउँदो पुस ११ देखि २० गतेसम्म छैटौँ बागलुङ महोत्सव हुँदैछ । महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई पनि महोत्सवले सघाउने विश्वास लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार