मामा–भाञ्जा मिलेर तस्करी लाईन सुचारु ! कुन तस्करले कति दिन्छन् प्रहरीलाई महिनावारी ?
नेपालबहस संवाददाता
कात्तिक २६, २०७६ बुधबार ०:३०:१३
♦ मृर्तुजा मियाँ र जगन्नाथ साह सोनी
२६ कार्तिक जनकपुर । घुस नखाने र खान पनि नदिने छवि बनाएका २ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी प्रद्युम्नकुमार कार्कीले तस्करीमा छुट दिएवापत घुस खान्छन् भन्दा धेरैलाई विश्वास लाग्दैन् । तर घटनाक्रमले भने त्यसो भन्दैन् ।
२ नं प्रदेश प्रहरीको जिम्मेवारी सम्हालेयता सार्वजनिक भाषण र शुरुवाती दिनमा तस्कर र आफ्नै मातहतका घुस्याहा प्रहरीको उछितो काढेका डीआईजी कार्कीको कार्यक्षेत्रमा यतिबेला व्यापक तस्करी र घुसकाण्डहरु सार्वजनिक हुन थालेका छन् । बीरगञ्जदेखि सत्तरीसम्मका जिल्लाहरुमा दशैंको मुखदेखि व्यापक मात्रामा तस्करी फस्टाउन थालेका समाचारहरु सार्वजनिक हुन थालेका छन् भने सोही मात्रामा प्रहरीको केन्द्रिय उजुरी छानविनमा पनि बेनामे उजुरीहरु पर्न थालेका छन् ।
जनकपुरमा बदनाम घुमुवाका रुपमा परिचित यो समुह अपराध नियन्त्रणमा होइन,अपराधी र तस्करबाट पैसा असुल्न मै ज्यादा केन्द्रित हुने गरेको छ । क्राइम टोलीको नाम दिईएपनि उनीहरुको काम भने बीरगञ्जदेखि सप्तरीसम्मका तस्करहरुलाई लाइन दिएर पैसा असुल्नु हो ।
प्रहरीका हाकिमहरुले तस्करी नियन्त्रण गर्छु भन्दै आदर्शका ठूलाठूला कुरा गर्ने तर व्यवहारमा तस्करहरुलाई लाइन दिएर महिनावारी असुल्ने धन्दा यतिबेला प्रदेश २ को राजधानी जनकपुरमा सुरु भएको समाचार छ । डीआईजी कार्कीको घुमुवा टोली र जिल्लास्थित प्रहरी कार्यालयको घुमुवा टोलीको मिलेमतोमा तराईका लगभग सबै जिल्लाहरुबाट तस्करीको लाइन चलेको बताइएको छ । तर हाकिमको आदेश वा अनुमति नभै घुमुवाले मात्र तस्करी लाइन चलाउने आँट भने गर्न सक्दैनन् ।
नामुद तस्कर अन्तोष दास र चपुरका तस्कर सुनिल जैसवाल मिलेर पर्सा, बाराको सिम्रोनगढदेखि रौतहटको बंकुल नाकाबाट मरिच, छोकडा र केराउको ठूलो मात्रामा तस्करी लाइन संचालन गरिरहेको बताइन्छ । सुनिल जैसवाल चपुर उधोग वाणिज्य संघका अध्यक्ष पनि हुन् ।
प्रदेश प्रहरी कार्यालयले डीआईजी हरि पालकै पालादेखिका सई महेन्द्र साहको नेतृत्वमा एउटा जम्बो समुह नै क्राइम टोलीको नाममा परिचालन गरेकाे छ । जनकपुरमा बदनाम घुमुवाका रुपमा परिचित यो समुह अपराध नियन्त्रणमा होइन,अपराधी र तस्करबाट पैसा असुल्न मै ज्यादा केन्द्रित हुने गरेको छ । क्राइम टोलीको नाम दिईएपनि उनीहरुको काम भने बीरगञ्जदेखि सप्तरीसम्मका तस्करहरुलाई लाइन दिएर पैसा असुल्नु हो । सई साहको टोलीमा जितेन्द्र यादव र सुरेन्द्र ठाकुर लगायतको ८–१० जनाको प्रहरी टोली परिचालित छ ।
समाचार स्रोतका अनुसार यो टोलीले बीरगञ्जबाट मात्रै मासिक २५ लाख रुपैयाँ तस्करहरुबाट असुल्ने गरेको बताइन्छ । अहिले सर्लाहीका नामुद तस्कर अन्तोष दास र चपुरका तस्कर सुनिल जैसवाल मिलेर पर्सा, बाराको सिम्रोनगढदेखि रौतहटको बंकुल नाकाबाट मरिच, छोकडा र केराउको ठूलो मात्रामा तस्करी लाइन संचालन गरिरहेको बताइन्छ । सुनिल जैसवाल चपुर उधोग वाणिज्य संघका अध्यक्ष पनि हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको डीआईजीका नाममा १०–१० लाख, जिल्ला प्रमुखको भागमा ५-५ लाखको भागबण्डा लगाइएको दावी यिनै तस्करहरुले जाँडभट्टीमा गर्ने गरेका छन् । बंकुलबाट यो समुहलाई उमाशंकर साहले सघाईरहेका छन् ।
आफुलाई बंकुल क्षेत्रको डनका रुपमा चिनाउन चाहने उमाशंकरले पूर्वमाओवादीका नेता एवं सांसद प्रभु साहको नाम बेचेर प्रहरी प्रशासनलाई पनि तर्साउने गरेको बताइन्छ । त्यस्तै बारा, रौतहट, सर्लाही, महोत्तरी र सिराहाबाट मासिक ५–१० लाख उठाउने गरेको समाचारमा जनाईएको छ । त्यस्तै धनुषाका एसपी शेखर खनालको घुमुवाका रुपमा परिचालित सई सन्तोष झाले पनि व्यापक मात्रामा तस्करहरुबाट पैसा असुलीरहेको समाचार छ ।
डीआईजी कार्की प्रनि थापाका आफ्नै मामा हुन् । अर्थात मामा–भाञ्जाको मिलेमतोमा इ.प्र खजुरी तथा मातहतको मैनातपुर ठाडी नाका र इनरुवा नाकाबाट पनि व्यापक मात्रामा इधरका माल उधर, उधरका माल इधरको धन्दा मौलाइरहेको बताइएको छ ।
यस्तै प्रदेश २ का प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी प्रद्युम्न कार्कीको छत्रछाँयामा धनुषाको ईलाका प्रहरी कार्यालय खजुरीको इन्चार्ज रहेका प्रहरी निरीक्षक राजन थापाले तस्करहरुको ठूलै समुहलाई लाइन दिएर मासिक लाखौ असुल्ने गरेको खबर नेपालबहसलाई प्राप्त भएको छ । दशैंको मुखबाट सुरु भएको तस्करीधन्दा अहिलेसम्म निर्वाध रुपमा चलिरहेको समाचार छ ।
डीआईजी कार्कीको रोजाईमा इलाका प्रहरी कार्यालय चपुरबाट काजमा खजुरीको इन्चार्जको रुपमा खटाइएका प्र.नि. थापाले आफ्ना घुमुवा प्रहरी हवल्दार उमेश राममार्फत दैनिक लाखौंको तस्करी गराई महिनावारी रकम असुल्ने गरेको समाचार स्रोतको भनाइ छ । समाचार स्रोतका अनुसार डीआईजी कार्की प्रनि थापाका आफ्नै मामा हुन् । अर्थात मामा–भाञ्जाको मिलेमतोमा इ.प्र खजुरी तथा मातहतको मैनातपुर ठाडी नाका र इनरुवा नाकाबाट पनि व्यापक मात्रामा इधरका माल उधर, उधरका माल इधरको धन्दा मौलाइरहेको बताइएको छ ।
कलामले प्र.नि. थापाका घुमुवा उमेश राममार्फत खजुरी प्रहरीलाई मासिक १ लाख रुपैंया दिने गरेको स्रोतको दाबी छ । सोही बराबरको रकम डीआईजीका घुमुवा सई महेन्द्र साह र धनुषा एसपीका घुमुवा सई सन्तोष झालाई पनि दिने गरिएको स्रोतको भनाई छ । त्यस्तै अर्का तस्कर सुरेश साहले कपडा, खैनीसुर्ती लगायत विभिन्न सामान चोरी तस्करी गराएवापत प्रहरीलाई मासिक डेढ–डेढ लाखका दरले तीनै तहका प्रहरीलाई दिने गरेको बताइएको छ ।
खजुरी नाकाबाट दशैंदेखि अहिलेसम्म १० जना ठूला तस्कर व्यापारीलाई लाइन दिएर मासिक लाखौं रुपैया उठाने गरेको समाचार स्रोतले नेपालबहसलाई जानकारी दिएको छ । यसका साथै अन्य खुद्रे्र व्यापारीहरुले पनि आ–आफ्नो तस्करी धन्दा चलाइरहेको समाचार छ ।
ठूला तस्करहरुमा भारतबाट ठूलो मात्रामा सर्टिङसुटिङ र कुर्तासारी लगायत कपडाको आयात गर्ने तस्कर कलाम रहेका छन् । कलामले प्र.नि. थापाका घुमुवा उमेश राममार्फत खजुरी प्रहरीलाई मासिक १ लाख रुपैंया दिने गरेको स्रोतको दाबी छ । सोही बराबरको रकम डीआईजीका घुमुवा सई महेन्द्र साह र धनुषा एसपीका घुमुवा सई सन्तोष झालाई पनि दिने गरिएको स्रोतको भनाई छ । त्यस्तै अर्का तस्कर सुरेश साहले कपडा, खैनीसुर्ती लगायत विभिन्न सामान चोरी तस्करी गराएवापत प्रहरीलाई मासिक डेढ–डेढ लाखका दरले तीनै तहका प्रहरीलाई दिने गरेको बताइएको छ । तस्कर साह धनुषाका विभिन्न नाकाबाट नुनदेखि सुनसम्म भित्र्याउने पुराना खेलाडी हुन् ।
त्यस्तै अर्का तस्कर छोटे र अहिसानले पनि नेपालबाट मरिच, केराउ,टुथपेष्ट र छोकडा भारततर्फ चोरी निकासी गरेवापत प्रहरी सेटिङमा मासिक डेढ-डेढ लाखका दरले उल्लेखित तीनै तहका प्रहरीलाई खर्च गर्ने गरेको स्रोतको दावी छ । यसैगरी चाची नामकी महिला र उनका छोराले मिलेर तस्करीका सामान ओसारपसार गर्ने गरेको समाचारमा बताइएको छ । आमा चाचीले भारतबाट किराना आइटम भित्र्याउने र छोराले मरिच,मटर, छोकडा र नेपाली रक्सीहरु भारतको बिहारमा निकासी गर्ने गरेका छन् । दुवैतर्फ भन्सार छलेर ओसारपसार गर्न सहज पारिदिएवापत खजुरी तथा डीआईजी र एसपीकोे भागमा मासिक डेढ–डेढ लाख रुपैंया पुग्ने गरेको दावी स्रोतको छ ।
अर्का कलाम मुसलमानले पनि अवैध रुपमा गाईगोरु नेपालबाट भारततर्फ निकासी गर्ने गरेका छन् । हरेक दिन एक डेढ सय गाईगोरु भारततर्फ पठाउने गरिएको र यसवापत उनले प्रहरीलाई मासिक १/१ लाख रुपैंया दिने गरेको समाचार स्रोतले बताएको छ । यसैगरि खजुरी क्षेत्रकै मौवा गाँउ नाकाबाट कपडाको तस्करी गर्ने प्रदीप साहले मासिक ५०/५० हजार, मैनाथपुर नाकाबाट कपडाकै कारोबार गर्ने सन्तोष साहले मासिक ५०/५० हजार, भारतबाट अवैध रुपमा कुखुरा र मासुजन्य पद्धार्थ नेपाल भित्र्याउने बिहार देउधा घर भएका रिजवान अन्सारीले मासिक ५०/५० हजार र मौवा नाकाबाटै खुद्रा किरानाको सामान भन्सार चोरी पैठारी गरी नेपाल भित्र्याउने लेडिज ग्रुपले १/१ लाखका दरले इप्रका खजुरी तथा माथिल्लो निकायका प्रहरीलाई बुझाउने गरेको समाचार स्रातको दाबी छ ।
यसैगरी खजुरीमै चार पाँच जनाको समुह मिलेर अवैध रक्सी भट्टी चलाउने फुलकुमारले पनि प्रहरीलाई मासिक १/१ लाखका दरले दिने गरेको स्रोतको भनाइ छ । प्र.नि. थापाका घुमुवा उमेश रामले यी तस्करहरुबाट मासिक रुपमा घुस असुल्ने तथा जिल्लादेखि प्रदेशसम्मका घुमुवाहरु पनि महिनावारी उठाउन खजुरी आउने गरेको बताइएको छ । तस्कर मध्ये कलामले दिउँसै र अन्यले राती राती तस्करीका सामानहरु ओसारपसार गर्ने गरेका छन् । उनीहरुले ट्याक्टर,पिकअप, मोटरसाइकल तथा साइकलबाट सामानहरु ओसारपसार गर्ने गरेका छन् ।
इनरुवा र आसपासका क्षेत्रमा नेपाली रक्सीको डिलर लिएर व्यापार व्यवसाय गर्दै आएका रामकुमार रायले २५/२५ हजार, पिन्टु गोईत, छोटु गोईत, विवेक कापरले मासिक १५/१५ हजार र सुनिलले २५/२५ हजारका दरले प्रहरीका ३ वटै घुमुवा समुहलाई महिनावारी घुस बुझाउने गरेको समाचार स्रोतको दावी छ ।
इप्रका खजुरी मातहतकै इनरुवा नाकाबाटै पनि व्यापक मात्रामा तस्करी फस्टाएको छ । असई इन्चार्ज रहने सो नाकाको पारीतर्फ जयनगर शहर पर्ने गर्छ । यो नाकाबाट पनि आठ वटा मुख्य तस्कर र अन्य झोले तस्करहरुले पनि अवैध रुपमा सामान ओसारपसार गर्ने गरेका छन् । यो नाकाबाट खासगरी नेपालमा उत्पादित विभिन्न प्रकारका ब्राण्डेड रक्सी तथा घरेलु मदिरा भारततर्फ ठूलो मात्रामा निकासी हुने गरेको छ ।
बिहारमा रक्सीमाथि प्रतिबन्ध लागेपछि नेपालबाट रक्सीको तस्करी मौलाएको हो । चारचक्के गाडीदेखि मोटरसाइकल र साइकलमा यो नाकाबाट दैनिक ठूलो मात्रामा रक्सी भारततर्फ तस्करी हुने गरेको खुल्न आएको छ । इनरुवा र आसपासका क्षेत्रमा नेपाली रक्सीको डिलर लिएर व्यापार व्यवसाय गर्दै आएका रामकुमार रायले २५/२५ हजार, पिन्टु गोईत, छोटु गोईत, विवेक कापरले मासिक १५/१५ हजार र सुनिलले २५/२५ हजारका दरले प्रहरीका ३ वटै घुमुवा समुहलाई महिनावारी घुस बुझाउने गरेको समाचार स्रोतको दावी छ ।
त्यस्तै शत्रुधन साह र भरोसी साहले किराना सामान नेपाल भित्र्याए वापत क्रमश २५ र १५ हजारका दरले प्रहरीको ३ वटै समुहलाई महिनावारी बुझाउने गरेका छन् । त्यस्तै सिराहाका व्यापारी ताहिर राईनले पनि सो नाकाबाट कपडाको अवैध कारोबार गरेवापत प्रहरीलाई मासिक २५/२५ हजारका दरले बुझाउने गरेको समाचार स्रोतको दाबी छ ।
जनकपुर भन्सार प्रमुखले धनुषाको जटीई नाकामा मात्र छोटी भन्सार संचालन गरेका छन्, तर खजुरी, इनरुवा लगायतका नाकामा छोटी भन्सार भएपनि ती भन्सार कार्यालय चालु अवस्थामा छैनन् । यसले गर्दा पनि तस्करहरुलाई प्रहरीसँग सेटिङ मिलाएर तस्करी गर्न झनै सजिलो भएको छ ।
हिजो मात्र सम्पन्न भएको कमला खोलाको किनारामा लागेको पूर्णिमा मेलामा स्थानीय व्यवसायीलाई निर्वाधरुपमा रक्सी भट्टी खोल्न र विक्री वितरण गर्न दिए वापत खजुरी इप्रकाका घुमुवा उमेश रामले ६५ हजार रुपैंया असुल गरेको चर्चा जनकपुरमा व्यापक भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
पुष २१, २०८१ आइतबार