नेपाल र चीनको ग्वाङजाउबीच औद्योगिक व्यवसायीक सम्बन्ध विस्तारमा जोड
नेपालबहस संवाददाता
कात्तिक २९, २०७६ शुक्रबार १८:४३:२१
२९ कार्तिक काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र चीनको ग्वाङजाउका लागि महावाणिज्यदूत हरिशरण पूडासैनी बीच आज चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ ।
सो कार्यक्रममा महावाणिज्यदूत पूडासैनीले आफुले चीनको ग्वाङजाउ र नेपाल बीच आर्थिक सम्बन्ध मजबुत बनाउन कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफ्नो कार्यकालमा आर्थिक कुटनीतिकको माध्यमद्धारा व्यापार मेला, निर्यात वस्तुहरुको वृद्धि, पर्यटन प्रबद्र्धनमा जोड दिने बताए ।
चीनको ग्वाङजाउका लागि महावाणिज्यदूत पूडासैनीले आवश्यकता अनुसार ग्वाङजाउमा नेपाल वायुसेवा निगमको सेवा शुरु गर्नेमा जोड दिए । आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रबद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसंग सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा चेम्बर एक्स्पो २०२०, पर्यटन वर्ष २०२०, मा चीनको ग्वाङजाउबाट पर्यटक ल्याउन कुटनीतिक पहल हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष श्रेष्ठले विशेष गरी नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रहरुको प्रबद्र्धन गर्न सिसीपिआईटी सँगको सहकार्यमा कार्यक्रम बढाउनुपर्ने धारणा राखे । साथै चीनले आयोजना गरेको आयात प्रबद्र्धन मेलामा हस्तकला, कृषिजन्य वस्तु लगायत नेपाली निर्यात योग्य वस्तुको प्रबद्र्धनमा जोड दिए ।
सो भेटमा अध्यक्ष श्रेष्ठले औद्योगिक-व्यापारीक प्रतिनिधीमण्डलको आदान प्रदान, पर्यटन मेला, चीनको ग्वाङजाउका लगानीकर्तासँग नेपालका लगानीकर्ता बीच भेट, लगानी सम्भावना सम्बन्धी सूचना आदान प्रदान, नेपाली निर्यातकर्ताहरुको बजार विस्तार गर्न त्यहाका संभाब्य आयातकर्तासँग अन्तरक्रिया गराउन पहल गर्न पूडासैनीको भूमिका महत्वपूर्ण रहने बताए ।
खासखास नेपाली मौलिक पहिचान दिने उत्पादनहरुको प्रवर्द्धन गरी निर्यात बढाउन सके नेपालले चीनको चीनको ग्वाङजाउ लगायत विभिन्न राज्यबाट निकै धेरै लाभ उठाउन सक्ने सुझाव चेम्बरको रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार