उपनिर्वाचन : पाँच राजनैतिक दल चुनावी प्रतिस्पर्धामा
नेपालबहस संवाददाता
मंसिर २, २०७६ सोमबार १८:२५:४७
२ मंसिर चितवन । यही मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि जिल्लाका तीनवटा वडामा निर्वाचन हुँदैछ । भरतपुर महानगरपालिका–१६ मा पाँच, खैरहनी नगरपालिका–४ र ५ मा चार-चारजना उम्मेदवार रहेका छन् ।
पाँच राजनैतिक दल चुनावी प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, राप्रपा संयुक्त, समाजवादी पार्टी र राष्ट्रिय नागरिक पार्टी चुनावी मैदानमा छन् ।
भरतपुर महानगरपालिका–१६ मा राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले, नेपाल कम्युनिष्ट पार्टी नेकपाका भक्तराज हमाल, राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठी, समाजवादी पार्टीका अम्बरबहादुर थापा र नेपाली कांग्रेसका अमृतराज हमालले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराए ।
त्यसैगरी खैरहनी–४ मा नेपाली कांग्रेसका देवप्रसाद बस्नेत, राप्रपाका अनुज अधिकारी, नेकपाका बेदबहादुर अधिकारी र राप्रपा संयुक्तका सीताराम थापाले मनोनयन दर्ता गराए । खैरहनी–५ मा राष्ट्रिय नागरिक पार्टीका बलराम चौधरी, समाजवादी पार्टीका बिकन महतो थारू, नेपाली कांग्रेसका प्रतिमा कार्की र नेकपाका पुननारायण प्रधानले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराए ।
यसअघिको निर्वाचनमा भरतपुर–१६ मा तत्कालीन नेकपा एमाले र खैरहनीका दुवै वडामा नेपाली कांग्रेसले निर्वाचन जितेको थियो । भरतपुर–१६ का वडाध्यक्ष चतुर्मान गुरुङको क्यान्सर रोग र खैरहनीका वडाध्यक्षद्वय नरेन्द्र अधिकारी र विश्वविजय बस्नेतको सवारी दुर्घटनामा निधन भएको थियो ।
ती वडाहरुमा नेकपा र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा रहेको छ । नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियारले अहिले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएकाले तीनै स्थानमा आफ्नो जीत हुने दाबी गरे । नेकपाले भरतपुर–१६ मा उठाएका उम्मेदवार हमाल पूर्वशिक्षक छन् भने खैरहनीका अधिकारी र प्रधान स्थानीय समाजसेवी छन् ।
परियारले तीनवटै वडामा समिति निर्माण गरी प्रचारप्रसारको काम भइरहेको बताए । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले तीनवटै वडामा कांग्रेसले जीत हासिल गर्ने दाबी गरे। खैरहनीका दुवै वडा यसअघि कांग्रेसले जितेको र भरतपुरमा झिनो मतले पराजित भएका व्यक्ति उम्मेदवार रहेका छन् ।
सभापति श्रेष्ठले अहिलेको सरकार र यहाँको जनप्रतिनिधिबाट जनअपेक्षाअनुसार काम नभएकाले कांग्रेसका पक्षमा मत आउने दाबी गरे । कांग्रेसले भरतपुर–१६ मा यसअघि पराजित भएका हमाल, खैरहनी–४ मा कार्यवाहक भएर काम गर्दै आएका वडा सदस्य बस्नेत र ५ मा मृत्यु भएका वडाध्यक्षका श्रीमती कार्कीलाई उम्मेदवार बनाएको छ । तीनवटै वडामा समिति बनाएर प्रचारप्रसारलाई तीव्रता दिइएको छ ।
दलहरुले आवश्यकताअनुसार जिल्ला र केन्द्रका नेता डाकेर प्रचार अभियान अगाडि बढाएका छन् । यसअघिको निर्वाचनमा भरतपुर–१६ मा नेकपा एमालेले दुई हजार १३२, नेपाली कांग्रेसले दुई हजार ६८, माओवादी केन्द्रले ९८९, राप्रपाले ६३, राष्ट्रिय जनमोर्चाले १२, नयाँ शक्तिले ११ र स्वतन्त्र उम्मेदवारले नौ मत प्राप्त गरेका थिए ।
यस्तै खैरहनी–४ मा नेपाली कांग्रेसले ७३५, नेकपा एमालेले ६७१, माओवादी केन्द्रले ३८६ र राप्रपाले २६ मत प्राप्त गरेका थिए । खैरहनी–५ मा नेपाली कांग्रेसले ६२७, नेकपा एमाले ३९८ माओवादी केन्द्र २७३, राप्रपा १२, राष्ट्रिय जनमोर्चा सात र नयाँ शक्तिले १३ मत पाएका थिए ।
जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार जिल्लामा ६ मतदानस्थल र १५ वटा केन्द्र तय गरिएको छ । मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयम्सेवक नियुक्त गरिनेछ । ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार