अब महिनावारी हुँदा विद्यालयबाट पढ्दापढ्दै भागेर जानु पर्दैन
नेपालबहस संवाददाता
मंसिर २, २०७६ मंगलबार १:३२:१०
२ मंसिर सिमकोट । हुम्लाको एउटा विद्यालयमा पहिलोपटक छात्राका लागि स्वाचालित सेनेटरी प्याड उपलब्ध गराउने मेसिन जडान गरिएको छ ।
जिल्ला सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविमा छात्राका लागि सेनेटरी प्याड उपलब्ध गराउने मेसिन तथा प्रयोग भएको प्याडलाई नष्ट गर्ने मेसिन जडान भएको हो । गाउँपालिकाले आफ्ना वडामा रहेको सात वटा माध्यामिक विद्यालयमा स्वचालित सेनेटरी प्याडको मेसिन तथा प्रयोग भएका प्याड नष्ट गर्ने मेसिन निःशुल्क सहयोग गरेको सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए ।
जिल्लाका सात वटा गाउँपालिकामध्ये सिमकोट गाउँपालिकाले विद्यालयमा अध्यनरत छात्राको सुविधाका लागि सेनेटरी प्याड उपलब्ध गराउने मेसिन सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत दर्जीले बताए ।
उनले भने, “हुम्लामा छात्रा महिनावारी भएका बेलामा विद्यालय कक्षा छाड्ने र घरमा भन्न लजाउने बाध्यताको अन्त्यका लागि पालिकाले उक्त मेसिन सहयोग गरेको हो ।” रु एक लाख ६० हजारका दरले सात वटा विद्यालयका लागि रु ११ लाख २० हजारमा सात वटा मेसिन खरीद गरी विद्यालयलाई निःशुल्क सहयोग गरेको सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए ।
पहिलोपटक विद्यालयमा मेसिन जडान भएपछि छात्राहरु खुशी भएको अध्यक्ष लामाले बताए । “विद्यालयमा छात्राहरुले अब प्याड एटिएम मेसिन जडानबाट पाउने भएका छन् । सेनेटरी प्याड उपलब्ध गराउने मेसिनमा एकपटकका लागि ३०० वटा प्याड एटिएमको सिस्टमबाट आफैँ उपलब्ध हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धुव्र शाहीले जानकारी दिए ।
मेसिन जडान भएपछि छात्राहरु महिनावारी भएको समयमा विद्यालय नआउने समस्या अन्त्य हुने विश्वास प्रधानाध्यापक कैलाश रोकायाको छ । हुम्ला जस्तो दुर्गम जिल्लामा छाउपडी ब्याप्त रहेको र छात्रा महिनावारी हुँदा विद्यालयमा नआउने, लजाउने र विद्यालयमा महिनावारी हुँदा पढ्दापढ्दै भागेर जानुपर्ने बाध्यताको अब अन्त्य हुने उनले बताए ।
प्याड निस्कने मेसिन र फोहर पनि नष्ट गर्ने मेसिन उपलब्ध गराएकामा गाउँपालिकालाई उनले धन्यवाद पनि दिए ।सिमकोट गाउँपालिकाको आर्थिक सहयोगमा जडान गरिएको उक्त मेसिनको आजै एक समारोहबीच उद्घाटन गरिएको थियो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष लामा, उपाध्यक्ष वली रावत, प्रमुख जिल्ला अधिकारी विनिता भट्टराई, वडा नं। ५ का अध्यक्ष कृष्ण बोहरा, जिल्ला स्वास्थ्यका डाक्टर दुर्गा सुर्खाली, सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दर्जीलगायतको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
हुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या
जेठ ३, २०८१ बिहिबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार