अबैध रुपमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक बरामद
नेपालबहस संवाददाता
मंसिर ३, २०७६ मंगलबार १५:२७:२
३ मंसिर काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २१औं समूहको हलुका सवारी चालक तालिम सोमबार सम्पन्न भएको छ ।
सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै दक्ष सवारी चालकहरुको कमिलाई परिपूर्ति गर्ने तथा नयाँ प्रविधियुक्त सवारी साधनहरुको बारेमा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले तालिम संचालन गरिएको बताए ।
तालिममा सिकेका ज्ञान, सिप र दक्षतालाई आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी पूर्वक र त्रुटि रहित ढंगबाट कार्य सम्पादन गर्न उनले प्रशिक्षार्थीहरुलाई निर्देशन समेत दिए । कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी नायब उपरीक्षक ई। कमलेन्द्रलाल कर्णले कूल ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा ३४ जना प्रहरी जवानहरुको सहभागिता रहेको जानकारी दिए ।
सिन्धुलीको सुनकोसी गाउँपालिका-७ मझुवा बस्ने सुप्रिम लामाको गोठमा अबैध रुपमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक १ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
लामाको गोठमा भरुवा बन्दुक लुकाइ छिपाइ राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ट्याक्टरले कुल्चँदा मृत्यु
कास्कीको पोखरा महानगरपालिका-३२ गढीघाटस्थित सडकमा ग.१ त २८२८ नम्बरको ट्रयाक्टले कुल्चँदा सोही महानगरपालिका-३३ छपल्याङ्गट बस्ने ५ वर्षीय आकाश नेपालीको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार