नेपाल भारत सीमा बैठक, कालापानी बारे कुरा गर्न नपाइने शर्त
नेपालबहस संवाददाता
मंसिर ३, २०७६ मंगलबार १९:१७:१२
३ मंसिर काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै चर्काे आलोचना भइरहेका बेला दुबै मुलुकका सीमा सुरक्षा पदाधिकारीको संयुक्त बैठक नेपालमा आयोजना हुँदैछ ।
भोलिदेखि पोखरामा शुरू हुने सीमा वैठकको उद्घाटन गृहमन्त्री रामबहादुर थापा बादलले गर्ने तय भएको छ । भारतीय सीमा प्रहरी बल एस बी आई प्रमुख आजै काठमाडौं आउँदैछन् । यस्तै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी बल प्रमुख शैलेन्द्र खनालले गर्दैछन् ।
यो रेगुलर बैठक मात्रै हो , यहाँ कालापानी, लिपुलेखका विषयमा कुरा हुने स्रोतले बताएको छ । स्रोतका अनुसार अहिले वार्ता गर्न नेपालले प्रस्ताव गरेको भएपनि भारतले आनाकानी गरेको थियो । वार्ता गर्ने हो भने विवादित कालापानी र लिपुलेखबारे कुनै प्रस्ताव राख्न नपाइने शर्त भारतीय पक्षले राखेको थाहा भएको छ ।
भारतीय पक्षको यस्तो प्रस्ताव नेपालले स्वीकार गरेकाले नै यो वार्ता हुुन लागेको हो । भारतीय पक्षले बल मिच्याइँ गरी नेपाली भूमि अतिक्रमण गरेका बेला सम्पूर्ण राष्ट्र एकजूट भएका बेला केपी ओली सरकारले यस्तो शर्त मानेर वार्ता गर्नु आफैंमा अर्थपूर्ण छ ।
नेपाली भूमिबाट विदेशी सेना लखेट्ने गफ दिएका ओलीको व्यावहार भने लम्पसारवादी चरित्रको देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार