हङकङ चुनाव : प्रजातन्त्र पक्षधरको ‘प्रचण्ड’ जित
नेपालबहस संवाददाता
मंसिर ९, २०७६ सोमबार १६:५०:४
९ मंसिर एजेन्सी । हङ्कङमा विपक्षी आन्दोलनका सदस्यहरूलाई जिल्ला तहको चुनावमा ठूलो सफलता मिलेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विपक्षी आन्दोलनका सदस्यहरूले घोषित २४१ स्थान मध्ये २०१ स्थानमा विजय हासिल गरेको साउथ चाइना मर्निङ पोस्ट समाचारपत्रले जनाएको छ।
बेइजिङसमर्थक उम्मेदवारले २८ स्थानमा मात्र जितेका छन्। चुनावमा २९ लाख मतदाता सहभागी भएका थिए। पछिल्लो समय आएका तथ्याङ्कका अनुसार प्रजातन्त्र पक्षधर उम्मेदवारहरुले हङकङमा २७८ सिटहरु आफ्नो पोल्टामा पारेका छन् । बेइजिङ समर्थकहरु चाहिँ ४२ सिटमा खुम्चिएका छन् ।
यसअघि निकै लामो समयसम्म त्यहाँ आन्दोलन चलेकाले यो निर्वाचनमा समस्याहरु होलान् भन्ने अनुमान गरिएको थियो । तर, त्यहाँको मतदान शान्तिपूर्ण नै रह्यो । त्यहाँको सरकार र बेइजिङले अहिले पनि निर्वाचनमा उनीहरुको नै बहुमत आउने अनुमान गरेका थिए । तर, निर्वाचनमा बेइजिङ समर्थक केही प्रभावशाली उम्मेदवारहरुले पनि हार व्यहोरेका छन् ।
‘स्वर्ग र पृथ्वी उल्टिएको छ,’ एक पराजित उम्मेदवारले प्रतिक्रिया दिएका छन् । त्यसो त हङकङका डिस्ट्रिक्ट काउन्सिलरहरुको राजनीतिक शक्ति खासै उल्लेख्य हुँदैन । उनीहरुले स्थानीय समस्याहरुबारे मात्र काम गर्न पाउँछन् ।
तर, केही महिनाअघि त्यहाँ सुपुर्दगी विधेयकविरुद्ध सुरु भएको आन्दोलनपछि भएको यो पहिलो निर्वाचन हो र यसलाई विशेष महत्वका साथ हेरिएको छ । यसपटक त्यहाँ कम्तिमा पनि ४१ लाख मानिसले मतदान गरेका थिए । यो हङकङको निर्वाचनमा रेकर्ड हो ।
४ सय ५२ सिटका लागि भएको मतदानबाट चुनिएका ११७ जना डिस्ट्रिक्ट काउन्सिलरहरु १२ सय सदस्इ भएको एक कमिटीमा समावेश हुन्छन् जसले हङकङका लागि मुख्य नेताको चयन गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार