उपनिर्वाचन २०७६ : उम्मेदवारदेखि दलका कार्यालयसम्मको सुरक्षा
नेपालबहस संवाददाता
मंसिर ९, २०७६ सोमबार १७:४७:२६
९ मंसिर डोटी । आदर्श गाउँपालिका–२ मा यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरुका कार्यालय, उम्मेदवार र उम्मेदवारका सम्पर्क कार्यालयसम्मलाई ध्यानमा राखी जिल्लाको निर्वाचन सुरक्षा कार्ययोजना तयार भएको छ ।
जिल्ला प्रशासन कार्यालय, डोटीले निर्वाचन सुरक्षा कार्ययोजना बनाई मतदानस्थलमा सुरक्षाकर्मी परिचालन गरेको छ ।जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रजिअ टेकनारायण पौडेलका अनुसार उपनिर्वाचनका लागि कूल २०० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । उपनिर्वाचनका लागि पाँच स्थानमा अस्थायी सुरक्षा शिविर राखिने तयारी भएको सो कार्यालयले जनाएको छ ।
निर्वाचनस्थल र आसपासका क्षेत्रमा चौबिसै घण्टा हतियारसहितका सुरक्षाकर्मीले गस्ती गर्ने योजना छ । निर्वाचनका समयमा तीन तहको सुरक्षा व्यवस्था गरी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा गर्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचनका अवधिभर उम्मेदवार, उम्मेदवारको घर, प्रचारप्रसारका लागि राखिएका सम्पर्क कार्यालय, प्रचार अभियान तथा दलका पार्टी कार्यालयको प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । उनले भने, “निर्वाचन अवधिका लागि हामीले प्रभावकारी सुरक्षा व्यवस्था मिलाएका छौँ, यसका लागि म आफैँ स्थलमा खटिनेछु ।”
मतदानस्थलमा सुरक्षाकर्मीले सवारी साधन प्रयोग गरेर सुरक्षा गस्ती गर्ने योजना रहेको उपरीक्षक देउवाले जानकारी दिए । निर्वाचनका समयमा जिल्लामा रहेका सरकारी कार्यालय तथा स्थानीय तहका सवारी साधन पनि सुरक्षाकर्मीले प्रयोग गर्ने योजना बनाइएको छ ।
निर्वाचनलाई स्वतन्त्र र मर्यादित बनाउन तथा मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण बनाउन जिल्लाका सबै सुरक्षा निकायका प्रमुख नियमित समीक्षामा रहेको प्रजिअ पौडेलले बताए । उनले भने, “शान्तिपूर्ण तथा भयरहित ढङ्गबाट निर्वाचन सम्पन्न गराउन सबै सुरक्षा निकायका प्रमुख लागि परेका छौँ, ढुक्कसँग मतदान गरे हुन्छ, डराउनुपर्ने कुनै अवस्था छैन ।”
उपनिर्वाचन वडामा अहिले दैनिकजसो नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती गरिरहेको छ । तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको जीप दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
वडाध्यक्ष पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट रामबहादुर बोहरा, नेपाली कांग्रेसबाट महादेव साउद, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशीराम ओझा र स्वतन्त्रका तर्फबाट भूमिसिंह खड्काले उम्मेदवारी दिए ।
निर्वाचनमा मुख्यगरी नेकपाका बोहरा र काँग्रेसका साउदबीच प्रतिस्पर्धा देखिएको छ । स्थानीयवासी नरीभान रोकायाले गाउँमा चुनावी वातावरण तातेको जनाउँदै नेकपा र कांग्रेसका प्रतिस्पर्धा रहेको बताए । दलहरुले जिल्लाबाहिर रहेका मतदातालाई यातायात खर्चको प्रबन्धसहित बोलाउन थालेका छन् । वडामा कूल दुई हजार ५०० मतादाता छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार
दिउँसो २ बजेलाई सारियो प्रतिनिधिसभा बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार