खुस्कियो ओलीको नक्कली राष्ट्रवाद !
नेपालबहस संवाददाता
मंसिर ९, २०७६ सोमबार १८:५६:१३
समाचार टिप्पणी
९ मंसिर,काठमाडौं । नक्कली राष्ट्रवादको खोल ओढेका प्रधानमन्त्री केपी ओलीको यसपाला धोती खुस्किएको छ । भारतले लिपुलेख, लिम्पियाधुरा र कालापानीमा कब्जा जमाइसकेको छ ।
हालै जारी गरिएको राजनीतिक नक्शामा लिपुलेख, लिम्पियाधुरा र कालापानी भारतीय भूमिमा राखिएपछि देशभित्र अभूतपूर्व एकता देखियो । सधैं भारत परस्त भन्ने आरोप खेपेको नेपाली कांग्रेस राष्ट्रियताको पक्षमा सबैभन्दा खरो देखापरेको छ ।
नेपाली सञ्चार जगतले यो विषय सार्वजनिक गरेपछि ओली सरकार देखावटी रुपमा संवेदनशील भयो । प्रधानमन्त्री ओलीले सोचेका थिए होलान्, प्रमुख प्रतिपक्षी कांग्रेसले यस विषयमा खासै रुचि देखाउने छैन । त्यसैले उनले सरकारी निवासमा सर्वदलीय बैठक बोलाए ।
भारतीय सरकारको यो कदम हचुवाको भरमा आएको थिएन । ओलीसँग विगतमा राजा महेन्द्रले उक्त भूमि भारतलाई दिने सहमति भएको कागजात देखाएर भारतीय पक्षले अनुमति लिइसकेको आरोप कांग्रेस सभापति देउवाले लगाए । त्यसैले ओली बाहिर जतिसुकै चर्का कुरा गर्न तम्सिएका भएपनि भित्रबाट भने विरोध गर्न सकिरहेका छैनन् ।
वैठकमा उनको सोच र अनुमान विपरित नेपाली कांग्रेस सबैभन्दा आक्रामक देखियो । भारतीय पक्षबाट भएको यो अतिक्रमणको खुलेर विरोध गर्दै ओलीलाई कूटनीतिक तवरबाट समस्याको हल खोज्न सुझाए कांग्रेस सभापति शेरबहादुर देउवाले । सहभागी सबै राजनीतिक दलका प्रतिनिधिहरुले पनि त्यही आशय प्रकट गर्दै प्रधानमन्त्री ओलीलाई पहल गर्न म्याण्डेड दिए । तर प्रधानमन्त्री ओली चाहिं रन्थनिन पुगे ।
वैठकमा चर्काे कुरा गरेपनि उनले हालसम्म यस विषयमा सरकारी तवरबाट ठोस प्रयास गरेका छैनन् । एउटा सार्वजनिक कार्यक्रममा चर्काे भाषण गर्दै ओलीले भनेका थिए हाम्रो भूमिबाट विदेशी सेना तत्कालै लखेटिने छ । तर उनले भारतीय सेना लखेट्न हालसम्म कुनै कदम चालेका छैनन् ।
किनभने भारतीय सरकारको यो कदम हचुवाको भरमा आएको थिएन । ओलीसँग विगतमा राजा महेन्द्रले उक्त भूमि भारतलाई दिने सहमति भएको कागजात देखाएर भारतीय पक्षले अनुमति लिइसकेको आरोप कांग्रेस सभापति देउवाले लगाए । त्यसैले ओली बाहिर जतिसुकै चर्का कुरा गर्न तम्सिएका भएपनि भित्रबाट भने विरोध गर्न सकिरहेका छैनन् ।
यो यथार्थ कांग्रेस सभापति समेत रहेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गत शनिबार पोखरामा आयोजित एउटा चुनावी सभामा खुलस्त गरिदिए । देउवा यो देशको ४ पटक प्रधानमन्त्री भइैसकेका पूर्वप्रधानमन्त्री समेत हुन् । उनी अहिलेसम्म मगज खुस्किएका नेता भनेर मेडिकल्ली प्रमाणित छैनन् । त्यसैले उनले बोलेका कुरा हावादारी भन्ने अहिलेका केही हरुवा चरुवा मन्त्री र कम्युनिष्ट नेताको बेतुकका खण्डनको कुनै अर्थ छैन ।
ओलीको नक्कली राष्ट्रवाद कालापानीमा स्खलित भएको पनि स्पष्ट गरेका छन् । विगतमा भारतले गरेको नाकाबन्दीका बेला उरालेको चर्काे नारा अहिले कता हरायो ? नेता डा. भट्टराईले प्रश्न गरेका छन् । त्यसैले ओलीको नक्कली राष्ट्रवादको धोती अहिले आएर खुस्किएको छ । सत्ता जोगाउन ओलीले यो विषयलाई हात्ती आयो हात्ती आयो फुस्साँ बनाउने उनको दावी छ ।
यही कुरा हिजो पनि अर्का पूर्व प्रधानमन्त्री समेत रहेका विद्वान नेता डा. बाबुराम भट्टराईले सार्वजनिक गरेका छन् । हाल संघीय समाजवादी पार्टीको संघीय परिषद अध्यक्षसमेत रहेका डा. भट्टराईले हिजो पोखरामै आयोजित चुनावी सभामा भने कालापानीमा भएको भारतीय अतिक्रमण हटाउन प्रधानमन्त्री ओली विफल भएको बताए ।
बाहिर राष्ट्रवादको चर्काे नारा लगाउने ओलीले भारतसँग यो मामलामा के गरे कसैलाई जानकारी छैन, उनले प्रश्न उठाएका छन् । साथै उनले ओलीको नक्कली राष्ट्रवाद कालापानीमा स्खलित भएको पनि स्पष्ट गरेका छन् । विगतमा भारतले गरेको नाकाबन्दीका बेला उरालेको चर्काे नारा अहिले कता हरायो ? नेता डा. भट्टराईले प्रश्न गरेका छन् । त्यसैले ओलीको नक्कली राष्ट्रवादको धोती अहिले आएर खुस्किएको छ । सत्ता जोगाउन ओलीले यो विषयलाई हात्ती आयो हात्ती आयो फुस्साँ बनाउने उनको दावी छ ।
यो प्रवुत्ति हिजो पञ्चायती शासकमा पनि थियो । बाहिर बाहिर राष्ट्रवादको डंका पिट्ने भित्र भित्र लैनचौर धाउने प्रवृत्ति कम्युनिष्ट शासकमा अझै व्यापक रहेको देखिन्छ । हुन पनि सरकारले यस्तो संवेदनशील विषयमा कुनै ठोस कदम चाल्न सकेको छैन ।
विगतमा नाकाबन्दीका बेला नेपाली जनतालाई झुक्याउन सफल भएका ओली सत्तामा पुगेलगत्तै लम्पसारवादी भएका छन् । चाहे आईफा प्रकरणमा होस् वा विषादी परीक्षणका बेला किन नहोस् । त्यसैले नेपाली जनताले ओलीको नक्कली राष्ट्रवादी खोल अब भने च्यातेर फाल्ने परिस्थिति निर्माण भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार