प्रधानमन्त्री ओली अस्पताल भर्ना,अपरेशनको तयारी
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ मंगलबार १६:२३:४१
१० मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अचानक एपेन्डिसाइटिस भएको छ । सामान्य चेकजाँचका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री ओलीको चेकजाँचका क्रममा एपेन्डिसाइटिस भएपछि डाक्टरहरुको सल्लाहमा अस्पतालले उनको अपरेशनको तयारी गरेको हो ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले भने– प्रधानमन्त्रीको अपरेशनका लागि तयारी भइरहेको छ ।’ स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए ।परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वर्षअघि प्रत्यारोपण गराएको मिर्गौलामा समस्या देखिएको छ । शरीरमा बढेको एन्टिबडी कम गर्न केही महिनाअघि सिंगापुरमा उनको प्लाज्मा फेरेसिस् गरिएको थियो ।
पछिल्लोपटक भने राजधानीको ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिँदै आएको छ । हालसम्म उनको चारपटक डायलासिस भएको छ ।
गत साउनदेखि नै मिर्गौला सम्बन्धी समस्याले गर्दा प्रधानमन्त्री ओली चिकित्सकीय परामर्श, परीक्षण र उपचारमा छन् । उनको रगतमा क्रिएटिनिनको स्तर बृदि भएपछि मिर्गौलाको सम्भावित समस्या आकलन गर्दै करिब ६ महिनायता कुनै न कुनै रूपमा उपचार जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार