प्रधानमन्त्री ओलीको शल्यक्रिया सफल
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ मंगलबार १८:२५:२४
१० मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सम्पन्न भएको छ । पेट दुखेपछि मंगलबार बिहान त्रिवि अस्पताल लगिएकोमा उनलाई एपेन्डिसाइटिस भएको थाहा भएको थियो ।
त्यसपछि डाक्टरहरुले लगत्तै शल्यक्रिया गरेका थिए । प्रधानमन्त्री ओलीलाई पूर्णरुपमा बेहोस बनाएर शल्यक्रिया गरिएको हो । केही बेरमा उनलाई अप्रेशन थिएटरबाट बाहिर निकाल्ने तयारी छ ।
प्रधानमन्त्री ओलीको शल्यक्रियामा डा.दीव्या सिंह शाह र रमेश सिंहसहितको टोली सहभागी भएको जनाइएको छ।प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, १४, ३० र मंसिर ८ गते गरी चारपटक डायलासिस गरिसकेको छ ।
ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ । उनको १२ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।
के हो एपेन्डिसाइटिस?
एपेन्डिसाइटिस एउटा इमर्जेन्सी अवस्था भएकाले पेट दुखेको २४ घण्टा भित्रै अप्रशन गरेर एपेन्डिक्स भन्ने अंगलाई पेटबाट काटेर फाल्नुपर्छ। हाम्रो शरीरमा विकास भएको तर काम नलाग्ने अङ्गका रुपमा रहेको एपेन्डिक्स ५ देखि ७ सेमि जति लामो ट्युव आकारमा दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठुलो आन्द्रा जोडिएको भागको पछाडिपट्टी रहेको हुन्छ।
एपेन्डिसाइटिस हुनुको प्रमुख कारण एपेन्डिक्सको नलीमा कुनै संक्रमण, पेटमा रहेका परिजीबी हो। फाइबर नभएको खाना खाँदा, लामो समयसम्म कब्जियत भएपनि यो समस्या आउने गर्छ। यसरी लगातार एपेन्डिक्समा लामो समयसम्म रुकावट आउनाले यो सुन्निएर संक्रमण भई फुट्ने अवस्थामा आउँछ। यदी यो फुट्यो भने पेट र रगतमा संक्रमण फैलाउने संभावना हुन्छ।
यो रोग नभइ इमर्जेन्सी अवस्था हो। ट्युवमा कुनै संक्रमण भए पश्चात अचानक ग्याँष्टिकका लक्षणहरु जस्तै महशुश हुने, वाकवाकी लाग्ने, नाइटोको वरीपरि दुख्न, हल्का ज्वरो आउने, वान्ता हुने, जस्ता लक्षणहरु शुरुमा देखा पर्छन्। विस्तारै लक्षण बढ्दै गएपछि बेस्सरी पेट दुख्ने तथा पेटको तल्लो दायाँ भागमा दुख्ने क्रम बढदै जाने हुन्छ।
यस्तो भएमा कसैलाई झाडापखाला तथा छिटो–छिटो पिसाब लाग्ने हुन्छ। यी लक्षणहरु अप्रेशन गर्नुभन्दा ७ देखि ८ घण्टा अगाडि देखा पर्छन्। यसको मुख्य लक्षण भनेको नै बेस्सरी पेट दुख्नु भएकाले के कारणले पेट दुखेको हो भन्ने पत्ता लगाउन विभिन्न परिक्षणहरु जस्तै रक्त परिक्षण, युरिन टेष्ट तथा अल्ट्रासाउण्डद्वारा एपेन्डिक्स सुन्निएको मात्र हो या फुटिनै सकेको छ भन्ने पत्ता लगाउनुपर्ने हुन्छ। यी रिपोर्टका आधारमा डाक्टरहरुले अवस्था हेरेर उपचार शुरु गर्छन्। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यस्तो हुन सक्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार