देशैभर ६२ प्रतिशत महिला घरेलु हिंसामा
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ मंगलबार १९:१५:४८
१० मंसिर काठमाडौं । गत आर्थिक वर्षमा मुलुकभर महिलामाथि एक हजार ३१९ हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र ‘ओरेक’ले नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका हिंसाका घटनाको विस्तृत विश्लेषण समेटिएको पुस्तक ‘अन्वेषी’ मा सबैभन्दा बढी ६६.७२ प्रतिशत ८८० जना महिलामाथि घरेलु हिंसा भएको जनाइएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन अयोजित कार्यक्रममा सार्वजनिक गरिएको ‘अन्वेषी’वर्ष पुस्तकअनुसार त्यस्तै गरी ११.९८ प्रतिशत ‘१५८ जना’ महिला सामाजिक हिंसाबाट, १०.८४ प्रतिशत ‘१४३ जना’ महिला तथा बालिकामाथि बलात्कार, १.३६ प्रतिशत ‘१८ जना’ माथि बलात्कारको प्रयास तथा ४.७० प्रतिशत ‘६२ जना’ महिलामाथि यौन हिंसा भएको पाइएको छ ।
ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सङ्कलित एक हजार ३१९ घटनाको करिब ६६ प्रतिशत घरेलु हिंसा तथा १२ प्रतिशत सामाजिक हिंसाको तथ्याङ्कले महिला घरभित्र र सार्वजनिक दुवै क्षेत्रमा उत्तिकै हिंसामा रहेको बताए ।
ओरेकका अध्यक्ष ज्योत्सना मास्केले तथ्याङ्कको दायरालाई फराकिलो पार्दै ‘अन्वेषी’मा यौन अल्पसङ्ख्यक, अपाङ्गता भएका महिला, महिला स्वास्थ्यलगायत महिलाआन्दोलनको विविधता समेट्ने प्रयास भइरहेको जानकारी गराए । ओरेकले ‘अन्वेषी’ सन् २००८ देखि प्रकाशन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार