प्रधानमन्त्री ओलीको अस्पताल बसाई लम्बिने, अब नियमित डायलासिस
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ मंगलबार २२:४१:२०
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई एपेन्डिक्सको शल्यक्रिया सकिएपछि अपरेशन थिएटरबाट अति विशिष्ट क्याबिनमा राखिएको छ । मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको संक्रमण मुक्त क्याबिनमा सघन उपचारका लागि आवश्यक सबै व्यवस्थापन गरिएको जानकारी आएको छ ।
मिर्गौलाको समस्याबाट पीडित बनेका प्रधानमन्त्रीको स्वास्थ्यमा आज अर्को समस्या आइपरेको छ । अझै पनि उनको अवस्था सामान्य हुन नसकेको स्रोतले नेपालबहस डटकमलाई बतायो ।
उनको आज महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको थियो । सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारे दिउँसो १ः४० बजे जारी विज्ञप्तिमा प्रधानमन्त्रीलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको जनाइएको थियो ।
प्रधानमन्त्री ओलीको ‘ल्यापारोटोमी एण्ड एपिन्डिकटोमी’ लगायत विधिबाट उपचार गरिएको विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार उनी बिहान कोखा दुखेको महशुस भएपछि नियमित स्वास्थ्य परीक्षणका क्रममा सो सेन्टरमा गएका थिए । विज्ञ टोलीले उनको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिससहित पेटको सङ्क्रमण देखिएको थियो ।
त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन प्रा डा. रमेशसिंह भण्डारीसहित प्रा. डा. अरुण सायमी र डा. दिव्या सिंहलगायतकाे टोली संलग्न छन् । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीका अनुसार शल्यक्रियापछि प्रधानमन्त्रीलाई केही दिन अस्पतालमै बस्नुपर्ने हुन्छ ।
मिर्गौलापीडित प्रधानमन्त्री ओलीको अचानक एपेन्डिसाइटिसको शल्यक्रिया गर्नु परेपछि केही दिन अस्पतालमै आराम गर्नुपर्ने देखिएको चिकित्सकले बताएका छन् ।
अब नियमित डायलासिस
मृगौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओलीको नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ । उनको चौथो पटक आइतबार (मंसिर ८ गते) ग्रान्डी इन्टरनेसनल अस्पतालमा हेमोडायलासिस गरिएको थियो ।
प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो । दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ । तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको छ । उनको गत कात्तिक १३ र १४ गते चौबिस घण्टामा दुईपटक डायलासिस भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार