भारतमा निकालियो बिरामीको शरीरबाट सबैभन्दा ठूलो मिर्गौला
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ बुधबार ४:५१:५३
१० मंसिर एजेन्सी । भारतीय चिकित्सकहरूले एकजना बिरामीको शरीरबाट ७.४ किलोग्राम बराबरको एउटा मिर्गौला निकालेका छन्। अन्तराष्ट्रिय माचारमा उल्लेख भए अनुसार त्यो भनेको दुईजना स्वस्थ नवजात शिशुको तौल बराबर हो।
भारतमा बिरामीको शरीरबाट निकालिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो मिर्गौला भएको ठानिएको छ। सामान्यतया एउटा स्वस्थ मानिसको मिर्गौलाको तौल १२० देखि १५० ग्राम जति हुन्छ। शल्यक्रियामा संलग्न एकजना चिकित्सकका अनुसार यो रोग लागेका बिरामीहरूको मिर्गौला ठूलो हुनु सामान्यजस्तै हो।
यद्यपि दिल्लीस्थित सर गङ्गाराम अस्पतालका डा. सचिन कथुरिआले बताए अनुसार सङ्क्रमण र आन्तरिक रक्तस्रावको लक्षण नदेखिएसम्म र शरीरभित्र केही हदसम्म छान्ने काम गरिरहेको अवस्थामा बिरामीको शरीरबाट मिर्गौला झिकिँदैन।
यी बिरामीमा एउटा नराम्रो सङ्क्रमण देखिएको थियो जसका कारण एन्टिबायोटिकले काम गरिरहेको थिएन र मिर्गौलाको आकारले उनलाई सास फेर्न गाह्रो भइरहेको थियो। अतः त्यसलाई झिक्नुको विकल्प हामीसँग भएन,ू उनले भने।
डा। कथुरिआका अनुसार चिकित्सकहरूले ठूलै मिर्गौला हुन सक्ने अनुमान गरेका थिए, तर त्यसको आकारले उनीहरूलाई झन् चकित बनायो।
उनका अनुसार गिनिज वर्ल्ड रेकर्डमा अहिलेसम्म सबैभन्दा ठूलो मिर्गौला साढे ४ किलोको दर्ता भएको छ। यद्यपि मूत्र रोगसम्बन्धी जर्नलका अनुसार त्योभन्दा ठूलो आकारका मिर्गौला पनि पाइएका छन्।
यसअघि संयुक्त राज्य अमेरिकामा एउटा नौ किलोको पाइएको थियो भने द नेदरल्याण्ड्समा ८.७ किलोको पाइएको थियो।गिनिज वर्ल्ड रेकर्डमा दर्ताका लागि जाने अथवा नजाने भन्ने विषयमा आफूहरूले विचार गरिरहेको डा. कथुरिआले बताए।
एनएचएस वेबसाइटका अनुसार पोलिसिस्टिक किड्नी डिजीज वंशाणुगत रोग हो जुन ३० देखि ६० वर्षको उमेरमा मानिसहरूमा देखिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार