कांग्रेसले उपनिर्वाचनमा दुई तिहाइ सरकारको मूल्याङ्कन गर्नेछ
नेपालबहस संवाददाता
मंसिर ११, २०७६ बिहिबार २:३३:१०
११ मंसिर भक्तपुर । नेपाली कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेसले नेकपा नेतृत्व दुई तिहाइ सरकारको मूल्याङ्कनका रूपमा उपनिर्वाचनलाई लिएको बताए ।
यही मंसिर १४ गते हुने भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ ‘क’ को उपनिर्वाचनको सङ्घारमा आज नेपाली कांग्रेसले चाँगुनारायण नगरपालिकाको लप्टन डाँडामा आयोजना गरेको अन्तिम चुनावीसभामा उनले सरकारबाट जनता निराश भएको भन्दै निराश जनताले कांग्रेसलाई फेरि रोज्ने बेला आएको बताए ।
देशको विकासको जिम्मेवारी कांग्रेसले मात्रै पूरा गर्न सक्ने भन्दै उनले उपनिर्वाचनको नतिजा कांग्रेसको पोल्टामा ल्याएर विजय सुनिश्चित गर्न मतदातालाई आग्रह गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले जनताले नेकपाप्रति विश्वास गुमाइसकेको जिकिर गर्दै कांग्रेस एक ढिक्का भएर अगाडि बढे काँग्रेसको जित सुनिश्चित रहेको बताए। कांग्रेसलाई निष्पक्ष उपनिर्वाचन सम्पन्न गर्ने कार्यमा लाग्न पनि आग्रह गरे।
त्यस अवसरमा राप्रपा संयुक्तका केन्द्रीय सदस्यद्वय दिनेश श्रेष्ठ, रविन्द्रप्रताप शाहले राप्रपाको सबै मत कांग्रेसलाई दिने भएकाले यसपटकको उपनिर्वाचनमा कांग्रेसले निर्धक्कसँग जित सुनिश्चित गर्ने बताए । विकासमा दुवै दलसँगै लाग्ने पनि उनले बताए ।
कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, कांग्रेस जिल्ला सभापति दुर्लभ थापा, क्षेत्रीय सभापति जीवन खत्री, उम्मेदवार कृष्णलाल भँडेललगायतले अरुले दिएको लोभ प्रलोभन र विकासे नारालाई विश्वास नगरी कांग्रेसको विकासको लक्ष्यलाई विश्वास गर्दै मतदान गर्न आग्रह गरे ।
नेमकिपाको सभा
आजै नेपाल मजदूर किसान पार्टीले पनि चुनावीसभाको आयोजना गरेको छ । कमलविनायक भत्केको पाटीमा आयोजना भएको चुनावीसभामा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले सरकारको आलोचना गर्दै सीमा सुरक्षामा सरकार कमजोर बनेको आरोप लगाए ।
उनले ठूला दलले लोभ र प्रलोभनमा पारेर मतदातालाई प्रभावित पार्न खोजेको भन्दै नेतादेखि उम्मेदवारसम्मले सडक बनाइदिन्छु, जागिर लगाइदिन्छु भनेर आचारसंहिताविपरीत प्रचार गरेको बताए ।
उनले जनताले यसपटक निष्पक्ष र देशको रक्षा, सार्वभौमिकताको रक्षाका लागि आवाज उठाउने र गरीब मजदूरका लागि आवाज उठाउने नेमकिपाका उम्मेदवार नीरज लवजूलाई मतदान गरी विजयी गराउनेमा नेमकिपा विश्वस्त रहेको बताए ।
कार्यक्रममा पूर्वसांसद एवं केन्द्रीय सदस्य अनुराधा थापामगर, प्रदेश नं ३ का प्रदेश सदस्यद्वय सुरेन्द्रराज गोसाईं, सिर्जना सैँजू, उम्मेदवार लवजू, केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतले जनता भ्रममा पर्न नहुने बताउँदै विकास, नीति निर्माण, सफल प्रतिपक्ष एवं देशको रक्षाका लागि नेमकिपालाई मतदान गर्न आह्वान गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार