उपत्यकामा चिसो बढ्यो
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शुक्रबार १९:५२:४०
१३ मंसिर काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । गत बुधबारदेखि उपत्यकाको तापक्रम दैनिक दुई देखि तीन डिग्री सेल्सियसले घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभइ मौसमी कारण भएको मौसमविद् प्रतिभा मान्नधरले बताए । “डिसेम्बरदेखि जनावरी २० सम्म निरन्तर तापक्रम घट्दै जाने छ”, उनले भने, “आज काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम सात डिग्री सेल्सियसमा झरेको छ, बिहीबार उपत्यकाको तापक्रम आठ दशमलव सात डिग्री सेल्सियस थियो ।”
अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ । केही दिनयता पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकाकासहित देशका धेरैजसो स्थानमा आंसिकदेखि सामान्य बदली भएको छ । शनिबारदेखि क्रमिक सुधार हुदैँ जाने बताइएको छ । हाल देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंसिकदेखि सामान्य बदली रहेको छ ।
आज राति देशका पश्चिमी र मध्य पहाडी भू–भागमा आंसिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आइतबार पहाडी क्षेत्रमा आंसिक देखि सामान्य बदली रही अन्य स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम सात डिग्री र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जिरीको न्युनतम तापक्रम दुई दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।
प्रादेशिक साप्ताहिक मौसम पुर्वानुमान
वैधताको अवधि: २०७६/०८/१३ शुक्रवार देखि २०७६/०८/१९ बिहिवार सम्म जारी गरिएको मिति: २०७६/०८/१३
प्रदेश | वर्षा | अधिकतम तापक्रम | न्युनतम तापक्रम | बदली हुने अवस्था
(घाम, आंशिक, सामान्य,पूर्ण) |
महत्वपूर्ण मौसम
(मेघगर्जन, असिना, कुहिरो) |
कैफियत
(मौसम प्रणाली) |
|
प्रदेश नं. १ | हिमाल | साताको शुरू र मध्यमा हल्का हिमपात | घट्ने | घट्ने | साताको सुरु र मध्यमा आंशिक देखि सामान्य बदली, साताको अन्त्यमा सफा रहनेछ | ||
पहाड | हल्का घट्ने | हल्का घट्ने | साताको सुरु र मध्यमा आंशिक देखि सामान्य बदली, साताको अन्त्यमा सफा रहनेछ | अधिकांश समय हुस्सु, तुंवालो | |||
तराई | उल्लेखनीय परिवर्तन नहुने | हल्का घट्ने | साताको सुरु र मध्यमा आंशिक बदली, साताको अन्त्यमा सफा रहनेछ | अधिकांश समय हुस्सु, तुंवालो | |||
प्रदेश नं. २ | तराई | हल्का घट्ने | हल्का घट्ने | साताको मध्यमा आंशिक बदली, साताको शुरू र अन्त्यमा सफा रहनेछ | अधिकांश समय हुस्सु, तुंवालो | ||
प्रदेश नं. ३ | हिमाल | साताको सुरुमा हल्का हिमपात | घट्ने | घट्ने | साताको सुरु र मध्यमा आंशिक देखि सामान्य बदली, साताको अन्त्यमा सफा रहनेछ | ||
पहाड | साताको सुरु र मध्यमा छिटपुट वर्षा | उल्लेखनीय परिवर्तन नहुने | हल्का घट्ने | साताको सुरु र मध्यमा आंशिक देखि सामान्य बदली, साताको अन्त्यमा सफा रहनेछ | तुंवालो | ||
तराई | हल्का घट्ने | हल्का घट्ने | साताको शुरू र मध्यमा आंशिक देखि सामान्य बदली, साताको अन्त्यमा सफा रहनेछ | अधिकांश समय हुस्सु, तुंवालो | |||
प्रदेश नं. ४ | हिमाल | साताको सुरु र अन्त्यमा हल्का हिमपात | घट्ने | घट्ने | साताको सुरु र मध्यमा आंशिक देखि सामान्य बदली, साताको अन्त्यमा आंशिक बदली रहनेछ | ||
पहाड | साताको सुरुमा हल्का वर्षा | उल्लेखनीय परिवर्तन नहुने | घट्ने | साताको सुरु र मध्यमा आंशिक देखि सामान्य बदली, साताको अन्त्यमा सफा रहनेछ | हुस्सु, तुंवालो | ||
तराई | हल्का घट्ने | हल्का घट्ने | साताको शुरू र मध्यमा आंशिक देखि सामान्य बदली, साताको अन्त्यमा सफा रहनेछ | अधिकांश समय हुस्सु, तुंवालो | |||
प्रदेश नं. ५ | पहाड | हल्का घट्ने | हल्का घट्ने | साताको सुरुमा सामान्य देखि पूर्ण बदली, मध्यमा आंशिक बदली र साताको अन्त्यमा सफा रहनेछ | हुस्सु, तुंवालो | ||
तराई | उल्लेखनीय परिवर्तन नहुने | हल्का घट्ने | साताको सुरुमा सामान्य देखि पूर्ण बदली, मध्यमा आंशिक बदली र साताको अन्त्यमा सफा रहनेछ | तुंवालोको सम्भावना | |||
प्रदेश नं. ६ | हिमाल | साताको सुरु र मध्यमा हल्का हिमपात | घट्ने | घट्ने | साताको सुरुमा सामान्य देखि पूर्ण बदली, मध्य र अन्त्यमा आंशिक बदली रहनेछ | ||
पहाड | साताको सुरुमा हल्का वर्षा | हल्का घट्ने | घट्ने | साताको सुरु र मध्यमा आंशिक देखि सामान्य बदली, साताको अन्त्यमा सफा रहनेछ | |||
प्रदेश नं. ७ | हिमाल | साताको सुरु र अन्त्यमा हल्का हिमपात | घट्ने | घट्ने | साताभरी आंशिक देखि सामान्य बदली रहनेछ | ||
पहाड | साताको सुरु र अन्त्यमा छिटपुट वर्षा | हल्का घट्ने | हल्का घट्ने | साताको सुरु र मध्यमा आंशिक देखि सामान्य बदली, साताको अन्त्यमा सामान्य बदली रहनेछ | |||
तराई | हल्का घट्ने | हल्का घट्ने | साताको सुरु र मध्यमा आंशिक बदली, साताको अन्त्यमा सफा रहनेछ | तुंवालोको सम्भावना |
साताको शुरु: शुक्रवार, शनिवार
साताको मध्य: आइतवार, सोमवार, मंगलवार साताको अन्त्य: बुधवार, बिहिवार |
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार
दिउँसो २ बजेलाई सारियो प्रतिनिधिसभा बैठक
जेठ ६, २०८१ आइतबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार