इराकमा भ्रष्टाचार विरोधी प्रदर्शन जारी : थप १५ को मृत्यु, १०० घाइते
नेपालबहस संवाददाता
मंसिर १४, २०७६ शनिबार २०:५९:१५
१४ मंसिर एजेन्सी । इराकमा भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरु एक सय भन्दा बढी घाइते भएको जनाएको छ ।
देशको दक्षिणी क्षेत्रमा पर्ने धिकार प्रान्तमा घटना भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । “पछिल्लो विवरण अनुसार थप १५ प्रदर्शनकारी मारिएका छन्, अरु एक सय भन्दा बढी घाइते भएका छन्, भने कैयौलाई अश्रुग्याँसको असर परेको छ,” नाम सार्वजनिक नगर्ने सर्तमा एक स्वास्थ्यकर्मीले भने ।
धिकारको राजधानी सहर नासिरियाहमा पछिल्ला केही दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झडप हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । प्रदर्शन अनियन्त्रित भएपछि धिकार राज्यका प्रहरी प्रमुख मोहम्मद अल कुरैसीले पदबाट राजिनामा दिएका छन् ।
धिकारका गभर्नर अदेल अल डुखैलीले नासिरियाह सहरमा भएको मानवीय क्षतिका कारण उनले राजिनामा दिएको उल्लेख गरेका छन् । केन्द्रीय राजधानी बग्दादसहित धेरै सहरमा आम प्रदर्शन जारी रहेको छ । गत अक्टोबरको सुरुदेखि इराकमा प्रदर्शनका घटना भइरहेको छ ।
प्रदर्शन चर्किदै गएपछि इराकका प्रधानमन्त्रीले राजिनामाको घोषणा गरेका छन् भने देशमा राजनीतिक अन्यौल थप बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार