प्रधानमन्त्री ओली अझै केही दिन आईसीयूमै !
नेपालबहस संवाददाता
मंसिर १४, २०७६ आइतबार ०:११:४१
१४ मंसिर काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै आईसीयूमा राखिएको छ । सम्भावित संक्रमणबाट जोगाउन प्रधानमन्त्री ओलीलाई आईसीयूमै राखिएको हो ।
चिकित्सकका अनुसार प्रधानमन्त्रीको स्वास्थयमा सुधार भएपनि पूर्ण रुपमा स्वस्थ हुन भने अझै १० दिन लाग्नेछ । उपचारमा संलग्न डा. सुवास आचार्यका अनुसार पेटको घाउ आलै रहेका कारण बाहिर सारे अन्य संक्रमण हुने जोखिम भएकाले प्रधानमन्त्री ओलीलाई आईसीयूमै राखिएको हो ।
चिकित्सकका अनुसार स्वास्थ्य अवस्था, क्षमता, गतिशीलता, खानपान हेरेर आईसीयूबाट बाहिर राख्ने विषयमा निर्णय गरिनेछ । ‘एपेन्डिसाइटिस’ सहित ‘पेरिटोनाइटिस’ (पेटको संक्रमण) देखिएपछि मंगलबार प्रधानमन्त्री ओलीको उक्त सेन्टरमा शल्यक्रिया गरिएको थियो ।
यसैबिच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । प्रधानमन्त्री ओली र प्रचण्डबीच झण्डै पाँच मिनेट कुराकानी भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए ।
प्रचण्डसँगको भेटमा ओलीले आफ्नो स्वास्थ्य अवस्था राम्रो भएको बताए। भेटका क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारेमा चिकित्सकसँग पनि जानकारी लिएको र चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार भैरहेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीको गत मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा.रमेशसिंह भण्डारीको टोलीले एपेन्डिसाइटिसको अपरेसन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार