भक्तपुरमा ७१ दशमलव १७ प्रतिशत मत खस्यो, मतगणना आजैबाट शुरु हुने
नेपालबहस संवाददाता
मंसिर १४, २०७६ आइतबार २:३९:५६
१४ मंसिर भक्तपुर । भक्तपुर क्षेत्र नं १ प्रदेश क मा प्रदेशसभा सदस्य पदका लागि मतदान भएको छ । प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनका लागि २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी कूल ४५ हजार १५ मतदाता रहेको छ ।
तीमध्ये १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला गरी कूल ३२ हजार ३७ मतदाताले मतदान गरेका छन् । यो कूल खसेको मतमध्ये ७१ दशमलव १७ प्रतिशत रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
विसं २०७४ मङ्सिर २१ गते भएको निर्वाचनमा ७५ दशमलव १७ प्रतिशत मत खसेकोमा यसपटकको उपनिर्वाचनमा ४ दशमलव ४ प्रतिशत कम मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिए।उपनिर्वाचनमा प्रदेश ‘क’ मा चाँगुनारायण नगरपालिकाको नौ वटा वडा र भक्तपुर नगरपालिकाको वडा नं. १० मा गरी १० वटा वडामा कूल २२ मतदानस्थल र ५४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो ।
प्रमुख जिल्ला अधिकारी भट्टले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म नै शान्तिपूर्ण रुपमा मतदान भएको जानकारी दिए । नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्र उम्मदेवार गरी कूल १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।
मतदान सम्पन्न भएसँगै मुचुल्का गरी मतपेटिका मतगणनास्थलमा पु¥याइएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा आजैबाट मतगणना शुरु हुने प्रजिअ भट्टले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख तिम्सिनाले मतगणनाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । मतगणनास्थलमा मतपत्रको सुरक्षाका लागि तारजाली राखिएको बताउदै उहाँले मतगणनास्थलमा सिसी क्यामरा जडान गरिने र सुरक्षा व्यवस्था सबल पारिएको बताए ।
सर्वदलीय बैठक आह्वान गरेको र ९ बजेसम्म बैठक बसेर आजै रातिबाट मतगणना गर्ने र भोलि साँझसम्ममा अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार