धरानमा ढल्यो लालकिल्ला, मेयर राईका यस्ता छन् एजेण्डा
नेपालबहस संवाददाता
मंसिर १६, २०७६ सोमबार १८:३१:३
१६ मंसिर धरान । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का प्रकाश राई मुख्य प्रतिस्पर्धी रहेको चुनावमा कांग्रेस उम्मेदवार राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउदै लालकिल्ला तोडेका हुन् ।
नेपाली कांग्रेसका युवानेता तिलक राई मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार भएका थिए । नेपाली कांग्रेस धरानका सभापति समेत रहेका राईले दोश्रोपटक धरानको मेयर पदमा उम्मेदवार बन्दा जीत हासिल गर्न सफल भएका हुन् ।
को हुन् तिलक राई ?
स्व. मित्रकुमार राई र स्व. गंगा राईका सुपुत्र तिलक राईको २०३१ साल कात्तिक २ गते धरानमै भएको हो । धरान–१८ का स्थायी बासिन्दा राईले प्रारम्भिक शिक्षा पनि त्यहीबाट हासिल गरेका हुन् । धरानको डिपो माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा एसएलसी पास गरेका राईले महेन्द्र बहुमखी क्यापस धरानबाट व्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् ।
राजनीतिक यात्रा
धरानका युवापङ्तिमा लोकप्रिय तिलक राईले थुप्रै संघर्षका गाथा रचिसकेका छन् । प्रष्ट वक्ता, निडर र आत्मविश्वास उनलाई धरानमा स्थापित गराउने कसीहरू हुन् ।
विकास, निर्माण र धरानमा नवीन जागरण प्रदान गर्न दिनोरात खटिँदै आएका युवा नेता राईले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । २०४७ देखि नेपाली कांग्रेसमा क्रियाशील राई २०५४ सालमै स्थानीय तहको निर्वाचनमा १८ मा सदस्य पदको उम्मेदवारी दिए । २०५४ सालमा नेवि संघ धरानको सचिवको जिम्मेवारी पाएका राई २०५५ मा तरुण दल धरान नगर समिति सदस्य बने ।
नेता राईको राजनीतिक यात्रा २०५७ सालपछि अझ सशक्त भयो । उनी तरुण दल नगर अध्यक्ष बने । वि.सं. २०६२ सालमा नेपाली कांग्रेस नगरसचिव हुँदै २०६६ सालमा सम्पन्न १२औं महाधिवेशनमा धरान सभापतिको उम्मेदवार बने । २०७२ मा सम्पन १३औँ महाधिवेशनबाट नेपाली कांग्रेस धरानको सभापतिमा निर्वाचित भएका राई २०७४ सालमा मेयरको उम्मेदवार भए ।
त्यसो त धरानको मेयरका उम्मेदवार राईको योगदान सामाजिक सेवाका अनेकन क्षेत्रमा छन् । उनी किरात राई यायोख्याको केन्द्रीय अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी सुनसरीका सचिव, उद्योग वाणिज्य संघको कार्यकारी सचिव आदि जिम्मेवारीमा रहिसकेका छन् ।
नेपाल शारीरिक सुगठनको ख श्रेणीका निर्णायक राई सप्तकोशी बस व्यवसायी संघका अध्यक्ष, नेपाल गल्फ एशोसिएसनका केन्द्रीय उपाध्यक्ष लगायत कयौं संघसंस्थाको जिम्मेवारी पूरा गरिसकेका छन् । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन मेयर तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएर विजयी हुँदा युवा नेता तिलक राईले १६ हजार १ सय २ मत प्राप्त गरेका थिए । तर, सुब्बाको २०७५ श्रावण १ गते फोक्सोको निमोनियाका कारण ग्राण्डी अस्पताल काठमाडौँमा निधन भयो । धरानका २० वटा वडामा ८२ हजारभन्दा धेरै मतदाता रहेका छन् ।
उम्मेदवार राईका एजेण्डा
धरानलाई भ्रष्टाचारमुक्त नगर बनाउने, भ्रष्टाचार अन्त्य गराई कर घटाउने, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या, बिष्णुपादु लगायतका धार्मिक क्षेत्रलाई आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनाउने प्रतिबद्धता राईले व्यक्त गरेका छन् ।
धरानमा विमानस्थल निर्माणको पहल गर्ने, खानेपानीको समस्या समाधान गर्ने, अव्यवस्थित बसपार्कलाई व्यवस्थित बनाउने, धरान हुँदै पहाडी जिल्ला जोड्ने राजमार्गलाई व्यवस्थित गरी सुन्दर शहरको रुपमा धरानको विकास गर्ने योजनासहित नेता राई चुनावी मैदानमा आएका थिए । त्यसैगरी, भूपू गोर्खाहरूको शहर धरानलाई अत्याधुनिक र व्यवस्थित बनाउने योजना पनि उनले अघि सारेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार