धरानमा चारतारा फहरायो बामपन्थीको सातो गयो
नेपालबहस संवाददाता
मंसिर १६, २०७६ सोमबार २०:२२:४५
१६ मंसिर, काठमाडौं । हालै सम्पन्न उपनिर्वाचनका सबै परिणाम लगभग सार्वजनिक भइसकेका छन् । अंक गणितीय परिणामले पूर्ववत रुपमै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई नै बल पुगेको छ ।
तर आज बिहान मात्रै सार्वजनिक भएको धरान उपमहानगरपालिकाको परिणामले समग्र मुलुकी राजनीतिको जोड घटाउमा नराम्रो झड्का लागेको छ । नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई झण्डै तीन हजार मतान्तरले पराजित गरिदिएका छन् ।
यो परिणाम सबैका लागि अप्रत्याशित र आश्चर्यजनक लागेको छ । स्वयं नेपाली कांग्रेसप्रति आस्थावान मतदाताका लागि समेत यो परिणाम अपत्यारिलो लागेको छ । तर जनता जनार्दन हुन् भन्ने पक्षलाई भने धरानको मतपरिणामले एकपटक फेरि स्थापित गरिदिएको छ । देशमा बहुदलको पुनस्थापना यता भएका कुनैपनि निर्वाचनमा धरानमा कांग्रेसले चियाउन समेत पाएको थिएन ।
जनताको निराशा र अपेक्षाबीचको तालमेल नमिलेको अवस्था थियो । केन्द्र, प्रदेश र स्थानीय तहमा नेकपाको एकलौटी सरकार छ । तर जनताको समस्या जस्ताको तस्तै । धरानका जनताले यसपाला नेकपाको सत्ता सञ्चालन गर्ने तौरतरिकालाई तिरष्कार गरेको पाइयो ।
पूर्व नेकपा एमालेको वर्चश्व रहेको धरान सधैं लालकिल्ला रह्यो । गत निर्वाचनमा समेत यहाँ एमाले एक्लैले २४ हजार भन्दा बढी मत पाएको थियो । पूर्वमेयर तारा सुब्बाले पाएको मत अहिले सिंगो नेकपाले पाउन सकेन । यसअघिको निर्वाचनमा धरानमा पूर्व माओवादीले ११ हजार भन्दा बढी मत पाएको थियो । पार्टी एकीकरण पछि त ३२ हजार भन्दा बढी मत नेकपाको पक्षमा सुरक्षित हुनुपर्ने थियो ।
तर अवस्था यस्तो देखिएन । किनकी जनता नै निर्णायक शक्ति हो । जनताको निराशा र अपेक्षाबीचको तालमेल नमिलेको अवस्था थियो । केन्द्र, प्रदेश र स्थानीय तहमा नेकपाको एकलौटी सरकार छ । तर जनताको समस्या जस्ताको तस्तै । धरानका जनताले यसपाला नेकपाको सत्ता सञ्चालन गर्ने तौरतरिकालाई तिरष्कार गरेको पाइयो । जनताको आकांक्षालाई राम्ररी बुझेका तिलक राईले सेन्टिमेन्ट समाए । साथै, जनता कुनैपनि राजनीतिक दलको दास होइन बरु मालिक हो भन्ने मान्यतालाई स्थापित गरिदिए धराने जनताले ।
तिलक राई धरानमा भिजेको नेता हुन् । उनी बाहेक अरु कसैलाई पनि उम्मेदवार बनाएको भए परिणाम बेग्लै आउने थियो । तिलकको उम्मेदवारीलाई सबैले सकारात्मक रुपमा लिए । पार्टीभित्र पनि अभूतपूर्व एकता देखियो भने मतदातामा पनि उत्साह थपिएको थियो । त्यसैले स्थानीय तहमा भिजेको व्यक्तिलाई उम्मेदवार बनाइयो भने नसोचेको परिणाम प्राप्त हुने उदाहरणका रुपमा लिइएको छ ।
धरान उपमहानगरपालिकाको निर्वाचन परिणामले कांग्रेस हौसिएको छ । तर हौसनु पर्ने कारण छैन । किनभने यो जीत भनेको कांग्रेस पार्टीको भन्दा स्थानीय तहमा भिजेका तिलक राईको भूमिका बढी जिम्मेवार छ । निर्वाचन परिणामपछि धरानका गल्लीगल्लीमा चारतारा फहराइएको छ ।
अहिले बजारमा जुलुस र नाराबाजी भइरहेको छ । कांग्रेसले यो विजयलाई उत्सवका रुपमा मनाउने भएको छ । हुनपनि पहिलोपटक चारतारा फहराइएको धरान कांग्रेसका लागि प्रेरणापुञ्ज बनेको छ । धरानका पुराना कांग्रेस नेता गिरिराज आचार्यले परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका छन्– कुनै बेला स्ववियु निर्वाचनमा समेत उम्मेदवार हुन नपाएको म धरानेका लागि यो विजय महाभारतकै जीतका रुपमा रहेको छ ।
धरानमा सधैं बामपन्थीको एकलौटी हुने गरेको इतिहास पनि अब फेरिएको भन्दै उनले सन्तोष प्रकट गरेका छन् । निर्वाचन परिणाम सार्वजनिक भएपछि नवनिर्वाचित मेयर तिलक राईले अब धरानका जनतासँग गरेको हरेक वाचा पूरा गर्ने प्रतिबद्धता स्मरण गरेका छन् ।
धरानमा नेपाली कांग्रेसको जीतलाई उपयुक्त उम्मेदवार छान्न कांग्रेस सक्षम भएको भन्ने अर्थमा लिइएको छ । तिलक राई धरानमा भिजेको नेता हुन् । उनी बाहेक अरु कसैलाई पनि उम्मेदवार बनाएको भए परिणाम बेग्लै आउने थियो । तिलकको उम्मेदवारीलाई सबैले सकारात्मक रुपमा लिए । पार्टीभित्र पनि अभूतपूर्व एकता देखियो भने मतदातामा पनि उत्साह थपिएको थियो । त्यसैले स्थानीय तहमा भिजेको व्यक्तिलाई उम्मेदवार बनाइयो भने नसोचेको परिणाम प्राप्त हुने उदाहरणका रुपमा लिइएको छ ।
सत्तारुढ नेकपाका लागि धरानको मतपरिणाम ज्यादै पीडादायी भएको छ । कुनैपनि हालतमा नगुम्ने आंकलन गरेको धरान उपमहानगरपालिकामा पराजित भएपछि केन्द्रीय नेता नै आत्तिएका छन् । अन्यत्र सबै जिते पनि धरानमा हार्नु पर्दा नेकपाका लागि ठूलै धक्का लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार