मोरङमा सबैभन्दा बढी अपाङ्गता, ६१ प्रतिशत मानसिक समस्याका शिकार
नेपालबहस संवाददाता
मंसिर १७, २०७६ मंगलबार १४:३१:२९
१७ मंसिर विराटनगर । प्रदेश नं १ मा सबै किसिमका अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ९४ हजार ६४० छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल प्रदेश नं १ समितिद्वारा अपाङ्गता भएका व्यक्तिको २८औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ मा कूल जनसङ्ख्या ४५ लाख ३४ हजार ९४३ रहेकामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या दुई दशमलव शून्य आठ प्रतिशत रहेको जानकारी दिइएको छ । त्यसमा महिला ४२ हजार ६८१ र पुरुष ५१ हजार ९५९ छन् ।
अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाई विश्वव्यापीरूपमा स्थापना गर्ने प्रयासका क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्र सङ्घले अन्तरराष्ट्रिय अपाङ्गता वर्षका रुपमा घोषणा गरेपछि नेपालमा पनि यो दिवस मनाउन शुरु भएको महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष पार्वता श्रेष्ठले बताए ।
अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, व्यक्तिगत स्वतन्त्रता र सामाजिक सुरक्षाजस्ता आधारभूत अधिकारको उपयोगमा विभेद, असमान व्यवहार र अवरोध सिर्जना हुन नहुने बताउँदै उनले पछिल्लो समयमा बनेका झण्डै ३७ कानूनमा अपाङ्गता भएका व्यक्तिको सेवासुविधाका बारेमा केही न केही उल्लेख गरिएकाले यसतर्फ राज्यको ध्यान जानुपर्ने बताए ।
उनका अनुसार अपाङ्गता भएका व्यक्तिमध्ये ८१ दशमलव चार प्रतिशतको स्वास्थ्यावस्था अपाङ्गता नभएका व्यक्तिको तुलनामा निकै दयनीय छ । ती ६१ प्रतिशत विभिन्न प्रकारका मानसिक स्वास्थ्यसम्बन्धी समस्याका शिकार भएको तथा २४ प्रतिशत अपाङ्गता भएका व्यक्ति हिंसा र दुव्र्यवहारको शिकार हुने गरेको जानकारी दिए ।
प्रदेश नं १ मा शारीरिक, दृष्टि, श्रवण, दृष्टिविहीन, स्वरबोलाई अपाङ्गता, मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता र बहुअपाङ्गताको तथ्याङ्क नियाल सबैभन्दा बढी मोरङमा १७ हजार ५३, झापामा १५ हजार ३७६, ताप्लेजुङमा तीन हजार ७३० र सोलुखुम्बुमा दुई हजार ६०९ छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लियाे शपथग्रहण
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार