तराईमा हुस्सु र कुहिरो
नेपालबहस संवाददाता
मंसिर १७, २०७६ मंगलबार १४:५४:४
१७ मंसिर काठमाडौं । १७ मंसिर काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाको मौसमी बुलेटिन अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकोले उल्लेख छ ।
तर जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल धनगढी, नेपालगञ्ज, भैरहवा, विराटनगर, आसपासका तराई भू-भागमा सामान्य हुस्सु र कुहिरोको लागेको छ।
यस्तै भारतीय प्रायद्विपको मध्य भू–भागमा उच्च चापीय प्रणाली रहेकाले मौसम सामान्यतया सफा हुने जनाइएको छ । हाल स्थानीय मौसमी प्रणालीको प्रभावका कारण पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा छ ।
मंगलबार दिउँसो पूर्व र मध्यका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने जनाइएको छ । यस्तै पूर्वका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने मौसमविदले बताएका छन् ।
यस्तै राति देशको पूर्व र मध्य पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा हुने जनाइएको छ । मौसम सफा रहे पनि चिसो भने देशभर बढ्दो क्रममा नै छ ।
मौसम विश्लेषण) Meteorological Analysis):-
हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली सक्रिय छैन भने भारतीय प्रायद्वीप (Indian Peninsula) को मध्य भू–भागमा उच्च चापिय प्रणाली (High Pressure System) रहेको देखिन्छ ।
मौसमको अवस्था )Present Weather Status):
हाल पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रहि बाँकी स्थानहरु सामान्यतया सफा छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसीर १७ गते (मंगलबार )
दिउँसो: देशको पूर्वि तथा मध्य पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पुर्बी पहाडी भूभागका एक /दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।
राती: देशको पूर्वि तथा मध्य पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसीर १८ गते (बुधबार)
दिउँसो: देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसीर १९ गते (बिहिबार)
दिउँसो: देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार