नेकपा र कांग्रेस बाहेक १२ जना उम्मेदवारको जमानत जफत
नेपालबहस संवाददाता
मंसिर १७, २०७६ बुधबार ०:१८:४१
१७ मंसिर तुलसीपुर । दाङमा भएको उपनिर्वाचनमा १६ जनाको जमानत जफत भएको छ । क्षेत्र नं ३ को प्रदेशसभा २ का १२ र घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको हो ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्रबहादुर थापाका अनुसार प्रदेशसभाका लागि १४ जना उम्मेदवारमध्ये १२ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन क्षेत्रमा २४ हजार २८६ मत ल्याएर नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का उम्मेदवार विमला खत्री ‘ओली’ विजयी भएका थिए भने, नेपाली कांग्रेसका केशवराज शर्मा ‘आचार्य’ले १९ हजार १८२ मत ल्याएका थिए। तीबाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ ।
राप्रपाका भुपाल रावतले २२५, राप्रपा संयुक्त छोटीलाल थारूले १३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, साझा पार्टीका शिवकुमार चौधरीले २६६, नेमकिपाका सुरेश परियारले १५, जनमुक्ति पार्टीका धनराज स्वर्णकारले ११, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरीले ९०, लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ मत प्राप्त गरेका छन् भने काँग्रेस बिपी पार्टीका दीपककुमार धितालले दुई मत प्राप्त गरेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार गोविन्द केसी दुई र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले चार मत प्राप्त गरेका छन् । उपनिर्वाचनमा ४५ हजार ७१८ मत खसेको थियो । निर्वाचनमा ७९७ मत बदर भएको थियो ।
निर्वाचनमा सदर मतको १० प्रतिशत मत हासिल गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । त्यस्तो उम्मेदवारले धरौटीबापत राखेको रकम फिर्ता पाउँदैन । दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ मा जम्मा ४५ हजार ७१८ मत खसेकामा ७९७ मत बदर भएको थियो ।
त्यस्तै घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको छ । सात जनाले उम्मेदवारी दिएकामा नेपाली कांग्रेसका ताराबहादुर डाँगीले एक हजार २२२ मत ल्याएर विजय भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका सुरेशबहादुर केसीले एक हजार ११७ प्राप्त गरेका थिए। साथै स्वतन्त्र उम्मेदवार जगलाल चौधरीले ७२० मत ल्याएका थिए ।
यी बाहेक अन्य त्यस्तै विमला पुन ‘सङ्घीय समाजवादी’ ३१, प्रकाश केसी ‘राप्रपा’ १९, पहलमान आलेले ‘नेशनल मङ्गोल’ ३०, समीर वली ‘स्वतन्त्र’ २३ मत खसेको उनी चारैजनाको भने जमानत जफत भएको छ । घोराही–१६ मा खसेको तीन हजार २२६ मतमा ६८ बदर भएको थियो । सोही मतको दश प्रतिशत ३१६ हुन आउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार