सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने
नेपालबहस संवाददाता
मंसिर १८, २०७६ बुधबार १२:१०:७
१८ मंसिर रुपन्देही । नेपाल सरकारले देशभर राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वाथ्य सेवा विभाग र परिवार कल्याण महाशाखाले सातवटै प्रदेशमा अभियान सञ्चालन गर्ने भएका हुन् ।
पहिलो चरणमा फागुन १ गतेदेखि प्रदेश १, २ र ५ मा अभियान सञ्चालन गरिनेछ । अभियानअन्तर्गत नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेला खोप प्रदान गरिने र तराईका १९ वटै जिल्लामा पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको स्वाथ्य तथा खोप सेवा शाखाका जनसम्पर्क अधिकृत वसन्त श्रेष्ठले जानकारी दिए ।
अभियान सफल बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि प्रदेशस्तरमा सचेतनामूलक कार्यक्रम शुरु गरेको छ । प्रदेश ५ को बुटवलमा प्रदेशसभाका सदस्य र सञ्चारकर्मीलाई अभिमुखीकरण आयोजना गरी राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा–रुबेला खोप अभियानबारे जानकारी गराइएको छ ।
कार्यक्रममा प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले खोपको महत्वको विषयमा जनतालाई जागरुक बनाउन आवश्यक रहेको बताए । उनले बाल मृत्युदर घटाउन अनिवार्य रुपमा खोप लगाउनुपर्ने विषयमा नागरिकलाई सुसूचित गर्नुपर्ने धारणा राखे ।
मन्त्री बरालले स्वास्थ्य व्यक्तिको जीवनसँग जोडिएको विषय भएकाले यसमा सबै संवेदनशील हुुुनुपर्ने बताउँदै आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्न लाग्नुपर्ने धारणा राखे । कार्यक्रममा प्रदेश नं ५ सामाजिक विकास समितिका सभापति दृगनारायण पाण्डेले बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन खोप कार्यक्रम महत्वपूर्ण हुने बताए ।
बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा.झलक गौतमले खोप अभावमा बालबालिकामा अन्धोपना हुने, पखाला लाग्ने, कान पाक्ने निमोनिया हुने जस्ता समस्या देखिने भएकाले समय समयमा खोप प्रदान गर्न आवश्यक रहेको बताए ।
बाल स्वास्थ्य तथा खोप शाखा अधिकृत भरत भण्डारीले गर्भावस्थामा दादुरा भए ८७ प्रतिशत बालबालिका विकलाङ्ग हुने खतरा रहेको बताउँदै बालबालिकालाई दादुरा र रुबेला खोप अनिवार्य लगाउन आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार