नेपालको राष्ट्रियता खतरामा छ : राष्ट्रिय जनमोर्चा अध्यक्ष केसी
नेपालबहस संवाददाता
मंसिर १८, २०७६ बुधबार १२:२६:३५
१७ मंसिर कञ्चनपुर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको विस्तारवादको नीतिका कारण नेपालको राष्ट्रियता खतरामा परेको बताए ।
राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले सञ्चालन गरेको कालापानी अभियानको भीमदत्तनगरमा आज गरिएको समापन कार्यक्रममा उनले भारतले जारी गरेको नयाँ नक्सामा देखाइएका नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ताका लागि सरकारले कूटनीतिक पहलको थालनी गर्नुपर्ने बताए ।
उनले राजनीतिक दलहरु राष्ट्रियता बचाउनका लागि एकजुट भएका बेला सरकारले कूटनीतिक पहल चाल्न नसकेकामा चिन्ता व्यक्त गरे । “भारतको विरोध गरे के नै पो आपत्ति आइलाग्छ भन्ने सरकारलाई चिन्ता होला”, उनले भने, “भूमि फिर्ताका लागि सरकारलाई जनताले दवाव दिनुपर्छ ।”
सत्तामा रहिरहनका लागि नेपालका राजनीतिक दलहरु भारतको इसारामा चल्ने गरेको उनको भनाइ थियो । दक्ष युवाहरु स्वदेशमा रोजगारी नपाउँदा विदेशिनु परेको उल्लेख गर्दै उनले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने कार्यको थालनी सरकारले गर्नुपर्ने बताए ।
यही मंसिर ११ गते कैलालीको धनगढीबाट शुरु भएको कालापानी अभियान सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, बैतडी, डोटी, दार्चुला हुँदै आज भीमदत्तनगरमा पुगेर समापन भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार