निर्वाचन परिणामबारे नेकपामा दुई धार
नेपालबहस संवाददाता
मंसिर १८, २०७६ बुधबार २१:४२:५१
१८ मंसिर, काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आज बसेको सचिवाल बैठकको निश्कर्ष हो – भर्खरै सम्पन्न निर्वाचनमा अन्तर्घात भएन । खासगरी भक्तपुरको प्रदेश सभा र धरान नगरपालिकाको मेयर पद गुमाएपछि आत्तिएका नेताहरुले समीक्षात्मक बैठकमा यस्तो निश्कर्ष निकाले ।
अहिले सत्तामा रमाएका पक्षले निर्वाचन परिणामलाई स्वभाविक र नेकपाको पक्षमा जनमत रहेका कोणबाट व्याख्या गरे भने सत्ता बाहिर रहेकाहरुको बुझाई भने बेग्लै रह्यो ।
वैठकमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले उपनिर्वाचन परिणाम गत निर्वाचन भन्दा बेग्लै नरहेका टिप्पणी गरे ।
उता, पूर्वप्रधानमन्त्री समेत रहका वरिष्ठ नेता झलनाथ खनालले चाहिं निर्वाचन परिणामले वामपन्थीलाई निराश तुल्याएको बताए । भक्तपुर र धरान कम्युनिष्टको लाल किल्ला भएपनि पराजयको पीडा भोग्नु परेकोमा सरकारको अलोकप्रियतासँग जोडेर यस्तो टिप्पणी गरेका हुन् ।
आजै सम्पन्न सचिबालय बैठकले उपनिर्वाचनको समीक्षा प्रतिबेदन पठाउन मातहत कमिटीलाई निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले उपनिर्वाचनमा सहभागी वडा तहदेखि जिल्ला तहसम्मका कमिटीलाई तत्काल प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
सचिबालयको आगामी बैठक यही मंसिर २३ मा बस्ने भएको छ । आजको बैठकले निर्वाचन परिणामको गहन समीक्षा नगरेपनि प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई स्वास्थ लाभको कामना गरेको छ । प्रधानमन्त्रीको स्वास्थमा उल्लेख्य सुधार भएको भन्दै बैठकले शीघ्र स्वास्थ लाभको कामना गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार