बागलुङमा आठ उम्मेदवारको जमानत जफत
नेपालबहस संवाददाता
मंसिर १८, २०७६ बिहिबार २:२४:५५
१९ मंसिर गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’ मा गत मंसिर १४ गते सम्पन्न प्रदेशसभा सदस्यको उपनिर्वाचनमा आठ उम्मेदवारको जमानत जफत भएको छ ।
यस क्षेत्रको उपचुनावमा १० उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये मुख्य दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ र राष्ट्रिय जनमोर्चाको संयुक्त वाम गठबन्धनका उम्मेदवार खिमबिक्रम शाही र नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनबाहेक अरु सबै उम्मेदवारको जमानत जफत भएको हो ।
जमानत जोगाउनका लागि सदर मतको १० प्रतिशत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ । कूल ३५ हजार १८४ मतदाता रहेको यस क्षेत्रमा २१ हजार ४०० मत खसेको थियो जसमध्ये २० हजार ९७१ मत सदर भएको छ । उपनिर्वाचनमा ४२५ मत भने बदर भएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिए ।
जमानत जफत भएका आठै जनाकोभन्दा बदर मत बढी देखिएको छ । उपनिर्वाचनमा कूल सदर मतको जमानत जोगाउन कम्तीमा दुई हजार ९८ मत ल्याउनुपर्ने थियो । तर आठ उम्मेदवारमध्ये एक जनाले मात्र सय कटाएका छन् । अरु सबै दोहोरो अङ्कमा सीमित भएका छन् ।
राष्ट्रिय दलको मान्यता प्राप्त पार्टी समाजवादी पार्टीका उम्मेदवारको पनि जमानत जफत भएको छ । बागलुङ–२ ९ख० मा प्राप्त मतको आधारमा तेस्रो स्थानमा रहेका समाजवादीका उम्मेदवार अशोककुमार विकले जम्मा ३१६ मत प्राप्त गरे ।
नेकपाबाट बागी उठेर अन्ततः सार्वजनिक वक्तव्यमार्फत उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनलाई जिताउन लाग्नुभएका शेरमान घर्तीले ९५ मत प्राप्त गरेका छन् ।
मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७, सङ्घीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका अनिलकुमार राईले आठ, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३ र राप्रपाका गणेशबहादुर कुँवरले ३६ मत प्राप्त गरेका छन् । जमानत जोगाएका विजयी उम्मेदवार शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले नौ हजार १३८ मत मात्र प्राप्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार