ओमनमा २९ सय जनामा एचआईभी एड्स
नेपालबहस संवाददाता
मंसिर १८, २०७६ बिहिबार ४:५:४३
१८ मंसिर एजेन्सी । हालै सार्वजनिक भएको आधिकारीक तथ्याङ्कअनुसार ओमनमा दुई हजार ९२७ जनामा एचआईभी-एड्स रहेको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क तथा सूचना केन्द्रले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा अघिल्लो वर्षको तुलनामा एचआईभी-एड्स सङ्क्रमितहरूको यो सङ्ख्या ५.२ प्रतिशतले घटेको देखिएको छ । अहिले सार्वजनिक भएको तथ्याङ्क सन् २०१८ को अन्त्यसम्मको हो भने सन् २०१७ को सङ्ख्याभन्दा घटेको देखिएको हो ।
एचआईभी-एड्सबाट प्रभावित भएकाहरूमध्ये सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समूहका रहेको अधिकारीहरूले जनाएका छन् । यो समूहका एचआईभी-एड्स सङ्क्रमितहरूको सङ्ख्या एक हजार ८६६ रहेको तथ्याङ्कमा उल्लेख छ ।
त्यसपछि धेरै ५ देखि १४ वर्षसम्मको उमेर समूहको रहेको छ । उनीहरूको सङ्ख्या ५४३ रहेको सूचना तथा तथ्याङ्क केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ५० भन्दा बढी उमेर समूहका एचआईभी सङ्क्रमितहरूको सङ्ख्या ३२९ रहेको छ । त्यसैगरी २५ देखि ४९ वर्षसम्मको उमेरमा एचआईभी सङ्क्रमित भएकाहरू १२० जना मात्रै रहेका छन् । चार वर्षभन्दा अगाडिका ६९ जना बालबालिकामा पनि एचआईभी-एड्स लागेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार