देशभरि चिसो बढ्दै
नेपालबहस संवाददाता
मंसिर १९, २०७६ बिहिबार १४:२५:४८
१९ मंसिर काठमाडौं । देशभरि नै चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । काठमाडौं उपत्यकासहित देशभरका क्षेत्रमा चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । बुधबार बिहानको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस थियो ।
हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले देशको पश्चिमी भूभाग तथा मध्य र पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली बदली भएको छ भने बाँकी आंशिक बदली रहेको छ।
बुधबार दिनभर देशको पश्चिम क्षेत्र तथा पूर्वी र मध्यका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भूभागमा आंशिक बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसीर १९ गते (बिहिबार)
दिउँसो: देशको पश्चिमी भू-भाग तथा मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।
राती: देशको पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।
मंसीर २० गते (शुक्रबार)
दिउँसो: देशको मध्य र पूर्वी भू-भाग तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।
राती: देशको मध्य र पूर्वी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा मौसम सामान्य सफा रहनेछ ।
मंसीर २१ गते (शनिबार)
दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।
राती: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यसैबिच, मौसम महाशाखाका अनुसार तराईमा हुस्सु र शितलहर जारी रहेको छ । महाशाखाका अनुसार हाल धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगर, आसपासका तराई भू-भागमा सामान्य हुस्सुरकुहिरोको लागेको छ।
तराईका केही ठाउँहरुका बिहान ७:३० बजेको मौसमी अवस्था
केन्द्र | तापक्रम (°C) | पारदर्शिता (Visibility)(m) |
धनगढी | १०.५ | ३००० |
नेपालगञ्ज | 12.0 | 3००० |
भैरहवा | 13.0 | 12०० |
सिमरा | 1५.0 | 5000 |
जनकपुर | 13.0 | 5०० |
बिराटनगर | 13.0 | ६0० |
आगामि २४ घण्टाको आंकलन (Outlook for next 24 hrs)
पश्चिम तराईः बिहानी पख थोरै स्थानहरुमा हुस्सुको अवस्था रहे पनि मध्यान्न पछि विस्तारै हटेर जानेछ।
मध्य तराईः बिहानी पख हुस्सुको अवस्था रहे पनि मध्यान्न पछि विस्तारै हटेर जानेछ।
पूर्व तराईः बिहानी पख पातलो कुहिरोको अवस्था रहे पनि मध्यान्न पछि विस्तारै हटेर जानेछ।
*आगामी २४ घण्टा सम्म शित लहरको संभावना छैन।
पश्चिम तराई:- कैलालि, कन्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहि, नवलपुर
मध्य तराई:- चितवन, पर्सा, बारा, रुपन्देहि, सर्लाहि, धनुषा, परासि पूर्व तराई:- महोत्तरि, सिरहा, सप्तरि, सुनसरि मोरङ, झापा |
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लियाे शपथग्रहण
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार