बच्चालाई कुन उमेरसम्म स्तनपान गराउनु फाइदाजनक ?
नेपालबहस संवाददाता
मंसिर १९, २०७६ बिहिबार १६:१७:९
१९ मंसिर एजेन्सी । सबैलाई थाहा छ, आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ। ६ महिनासम्म स्तनपान गराउनु आवश्यक मानिन्छ। तर‚ कति वर्षसम्म स्तनपान गराउने ?
बेलायतमा जबसम्म आमा र बच्चा चाहन्छन्, त्यतिबेलासम्म स्तनपान गराउन सकिन्छ भनेर सल्लाह दिने गरिन्छ। स्तनपानबाट बच्चाको स्वास्थ्य राम्रो हुन्छ र उनीहरु बिरामी पर्दैनन्। बेलायतका नेशनल हेल्थ सर्भिस ‘एनएचएस’ ले पनि स्तनपानका लागि कुनै समयसीमा तोकेको छैन। ६ महिनासम्म आमाको मात्र दूध खुवाउने सल्लाह दिइन्छ। त्यसपछि दूधका साथै अन्य खाद्यपदार्थ खुवाउन सकिन्छ।
विशेषज्ञका अनुसार आमाको दूधले बच्चामा कुनै पनि संक्रमण हुन दिँदैन। जबसम्म बच्चाले आमाको दूध खान्छन्, उनीहरुलाई मोटोपनाको समस्या पनि हुँदैन। स्तनपान गराउनु आमाका लागि पनि फाइदाजनक हुन्छ। स्तनपान गराउने महिलालाई स्तनपान क्यान्सर र पाठेघर क्यान्सरको खतरा हुँदैन।
एनएचएसले स्तनपान गराउने कुनै सीमा नतोकेपनि विश्व स्वास्थ्य संगठनले दुई वर्ष या सोभन्दा बढी समयसम्म स्तनपान गराउन सल्लाह दिएको छ। तर, रोयल कलेज अफ पेडियाट्रिक्स एण्ड चाइल्ड हेल्थसँग सम्बन्धित डा। म्याक्स डेभी भन्छन्, ‘दुूई वर्षपछि स्तनपान गराउँदा अतिरिक्त पोषण प्राप्त हुनेबारेमा एकदम कममात्र तथ्य प्राप्त भएको छ।’ अर्थात् २ वर्षपछि पनि स्तनपान गराउँदा बच्चालाई खासै फाइदा नहुने बेलायती विशेषज्ञको मत छ।
डा। डेभी भन्छन्, ‘स्तनपान गराउनु व्यक्तिगत विषय हो, यसले आमा र बच्चाको मायाप्रेमलाई मजबूत बनाउन मद्दत गर्छ, यसबाट कुनै नोक्सान हुँदैन, त्यसैले परिवारलाई जे सही लाग्छ, त्यही गर्न सकिन्छ।’
एक आँकलनअनुसार बेलायतमा ८० प्रतिशत महिलाहरु स्तनपान गराएको केही समयपछि नै छाड्छन्। ६ वर्षसम्म आमाको दूध पाउने बच्चाको संख्या एक तिहाइ मात्र हुन्छ। सन् २०१६ मा प्रकाशित एक अन्तर्राष्ट्रिय अनुसन्धानअनुसार बेलायती महिलाहरु सबैभन्दा कम समयसम्म स्तनपान गराउनेमा पर्छन्। महिलाहरु सार्वजनिक स्थानमा स्तनपान गराउन लाज मान्छन्, यसकारण पनि उनीहरु चाँडै नै स्तनपान गराउन छाड्छन्। बीबीसी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार