समोआमा दादुराबाट ६२ को मृत्यु,१ सय ६७ जना अस्पतालमा भर्ना
नेपालबहस संवाददाता
मंसिर १९, २०७६ बिहिबार १९:५८:३१
१९ मंसिर एजेन्सी । समोआ सरकारले बिहीबार टापुहरुले भरिएको यस देशमा दादुराको महामारीबाट बिहीबार थप २ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मध्य अक्टोबरबाट सुरु भएदेखि दादुराको प्रकोपबाट हालसम्म ६२ जनाको मृत्युको भएको सरकारी स्रोतले जानकारी दिएको छ ।
सरकारले बिहीबार जारी गरेको एक विज्ञप्तिअनुसार सामोआमा सो रोग निगरानी टोलीका अनुसार ४ हजार २१७ दादुराको सङ्क्रमण भएको छ । गएको २४ घण्टाभित्र नै १ सय ६५ जनामा दादुराको सङ्क्रमण भएको जनाइएको छ ।
हाल मात्र पनि यस रोगबाट सङ्क्रमित १ सय ६७ अस्पतालमा भर्ना छन् । सामोआ हाल आपतकालको अवस्थामा रहेको छ । सबै स्कूलहरू बन्द गर्नुको साथै सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ ।
बिहीबार र शुक्रबार, सबै सार्वजनिक र सरकारी सेवाहरू बन्द गरिनुका साथै सार्वजनिक खोप अभियानमा सहयोग गर्न सबै सरकारी कर्मचारीहरूलाई आग्रह गरेको छ ।
खोपको आवश्यकता पर्ने परिवारहरूलाई घरको बाहिर रातो झण्डा वा कपडा छोड्न सरकारले आह्वान गरेको छ । दादुरा असाध्यै संक्रामक भाइरल रोग हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार