साग : नेपालको ३२ स्वर्ण, आठौं सागको कीर्तिमान भङ्ग
नेपालबहस संवाददाता
मंसिर १९, २०७६ शुक्रबार २:२३:१९
१९ मंसिर काठमाडौं । नेपालले दक्षिण एसियाली खेलकुद ‘साग’ मा सर्वाधिक स्वर्णको इतिहास बनाएको छ । नेपालमा जारी सागको तेह्रौं दक्षिण एसियाली खेलकुद संस्करणमा आठौं सागमा सर्वाधिक स्वर्ण जितेको कीर्तिमान भङ्ग गरेको छ ।
तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा नेपालले बिहिबार ३२ औं स्वर्ण जितेको छ । घरेलु मैदानमै २० वर्ष अगाडि सम्पन्न आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो । साइक्लिङ्गको क्रस कन्ट्री पुरुषमा नेपालका लागि बुद्धिबहादुर तामाङ्ले स्वर्ण पदक जितेर नेपालले नयाँ कीर्तिमान बनाएको हो ।
१९९९ मा सम्पन्न आठौं सागमा नेपालले कुल ३१ स्वर्ण जितेकोमा सबैभन्दा बढी कराँते र तेक्वान्दोमा १४र१४ स्वर्ण पदक प्राप्त गरेको थियो । जारी सागमा पनि नेपालले तेक्वान्दो र कराँते विधाबाट नै सर्वाधिक स्वर्ण हात पारेको हो ।
यद्दपी तेह्रौं सागमा तेक्वान्दो र कराँते विधामा स्वर्णको संख्या घटेको छ । तेक्वान्दोमा हालसम्म ११ स्वर्ण जितेको नेपालले कराँतेतर्फ १० स्वर्ण जितेको छ । त्यसैगरी, उसु र साइक्लिङ्गमा चार चार, ट्रायथलन र डुवाथोलन र एथलेटिक्समा एक एक गरी ३२ स्वर्ण जितेको छ ।
आठौं सागमा नेपालले कराँते र तेक्वान्दो अतिरिक्त पौडी र बक्सिङ्गमा थप स्वर्ण जितेको थियो । पौडीमा एक र बक्सिङ्गमा दुई स्वर्ण जितेर कुल स्वर्ण पदकको संख्या ३१ पुर्याएको नेपालले जारी सागको साइक्लिङ्ग, उसु, एथलेटिक्स विधाको खेलमा समेत स्वर्ण प्राप्त गर्न सफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार