युक्रेनमा आगलागीमा १४ बेपत्ता, २७ घाइतेमध्ये अधिकांश विद्यार्थी
नेपालबहस संवाददाता
मंसिर २०, २०७६ शुक्रबार ९:१५:३१
२० मंसिर एजेन्सी । युक्रेनमा भएको आगलागीमा परेकामध्ये १४ जना हराइरहेका अधिकारीले जनाएका छन् । युक्रेनको दक्षिणी क्षेत्रमा पर्ने ओडिसा बन्दरगाह सहरमा भएको आगलागीमा परेकाहरुको केही पत्ता नलागेको राष्ट्रपति भोलोडीमीर जेलेन्स्कीले बताए ।
ओडिसाको मध्य भागमा रहेको एउटा कलेजको भवनमा बुधबार आगलागी भएको र हराएकाहरु विद्यार्थी नै रहेको अधिकारीहरूले जनाएका छन् ।
आगलागीमा परी १६ बर्षिया एक छात्राको मृत्यु भएको पुष्टि भएको छ भने अरु २७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको शरीरका धेरै भाग जलेका अवस्थामा अस्पतालमा उपचार भैरहेको छ ।
आगलागी भएको छ तले घर भित्र रहेका ती विद्यार्थीहरु जीवितै छन् की भनेर सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूले खोजी कार्य जारी राखेका छन् ।
बिहीबार विहानैदेखि अग्नि नियन्त्रकहरूले पनि आगो निभाएर भग्नाबशेष अवस्थाका पर्खाल तथा अन्य सामानहरु हटाउने कार्य गरिरहेको अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रपति जेलेन्कीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “सम्पर्कबिहीन रहेका १४ जना नै जिवितै अवस्थामा एकदमै चाडैँ भेटिने विश्वास गर्दछौँ ।” उनले त्यहाँ अरु पनि पीडित भएको हुन सक्ने आशंका पनि व्यक्त गरेका छन् ।
खोजी तथा उद्धारमा खटिएकामध्ये सात जना अग्नि नियन्त्रकहरु घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । “हामी सवैले उनीहरूको जिवितै उद्धार गर्न सकियोस भनेर प्रार्थना गरिरहेका छौँ,” ४१ बर्षीय राष्ट्रपति जेलेन्कीले भने ।
उनले घाइतेहरुलाई स्वस्थ अवस्थामा फर्काउनका लागि चिकित्सकले संभव भएसम्मका सवै प्रयास गरिरहेको पनि उल्लेख गरेका छन। उनले चिकित्सकको प्रयास सफल हुने विश्वास पनि व्यक्त गरेका छन् । टना भएको शोकमा ओडिसाका नगर प्रमुखले बिहीबार र शुक्रबार नगरभरी शोक मनाइने निर्णय भएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार