भारतमा बलात्कृत महिलालाई अदालत जाँदै गर्दा जलाइयो
नेपालबहस संवाददाता
मंसिर २०, २०७६ शुक्रबार १५:३१:११
२० मंसिर एजेन्सी । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ। उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरको धेरै भाग जलेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ।
गत मार्चमा आफू बलात्कृत भएको भन्दै उनले स्थानीय दुईजना पुरुषविरुद्ध जाहेरी दिएकी थिइन्। अदालतमा उक्त मुद्दाको सुनुवाइका लागि ती महिला जाँदै गर्दा बाटोमा पर्ने ट्रेन स्टेसनमा पुरुषहरूको एक समूहले तानेर नजिकैको खेतमा पु¥याई आगो लगाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनापछि बलात्कार गरेको आरोप लागेका दुईजनासँगै अरू तीनजना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ।
बलात्कारसम्बन्धी अर्को घटनाका कारण उन्नाओ जिल्ला हालसालै समाचारमा आएको थियो। सत्तारुढ दल भाजपाका एक सांसदविरुद्ध हत्या अभियोगको मुद्दा प्रहरीले अगाडि बढाएको छ। कार दुर्घटनामा परी गम्भीर घाइते भएकी ती महिलाले भाजपा सांसदले बलात्कार गरेको अभियोग लगाइकी थिइन्। उक्त दुर्घटनामा ती महिलाका दुईजना नातेदारका मृत्यु भएको थियो भने तिनका वकिल घाइते भएका थिए।
बलात्कारका पछिल्ला यी घटनाप्रति भारतका आम जनसमुदायले आक्रोश व्यक्त गरेका छन्। उत्तर प्रदेशको यो घटनापछि सामाजिक सञ्जालहरूमा यसको चर्का विरोध भएको छ।
भारतमा एक साताअघि मात्र त्रासदीपूर्ण हत्या र बलात्कारको दुईवटा घटना सञ्चारमाध्यममा प्रमुखताका साथ सार्वजनिक भएका थिए। एउटा घटनामा भारतको हैदरावादमा गत नाभेम्बर २७ मा एकजना २७ वर्षीया महिलाको बलात्कारपछि आगो लगाएर हत्या भएको थियो। उनको ढडेको शरीरको केही भाग गत सातामात्र पत्ता लागेको थियो।
सन् २०१२ को डिसेम्बरमा राजधानी नयाँ दिल्लीमा एकजना युवतीलाई यात्रुबाहक बसमा सामूहिक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएपछि भारतमा बलात्कार र यौन हिंसाका घटनाहरू चर्चामा रहेका छन। त्यसो हुँदाहुँदै पनि महिलाविरुद्ध हुने यस्ता खाले अपराधको संख्यामा कुनै कमी आएको छैन।
सन् २०१७ मा मात्र भारतमा बलात्कारसम्बन्धी ३३ हजार ६ सय ५८ मुद्दा प्रहरीकहाँ दर्ता भएका छन्। यो हिसाबले भारतमा प्रत्येक दिन ९२ बटा बलात्कारसम्बन्धी घटनाहरू हुने गर्छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार