जवाफी ब्याटिङामा उत्रिएकाे माल्दिभ्सले गुमायाे ५ विकेट, नेपाली महिला क्रिकेट टोली किन निराश
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २०, २०७६ शुक्रबार २१:२६:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal-maldives_hwVxy6XZ3b.jpg)
२० मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पुरुष क्रिकेट टाेलीले माल्दिभ्सलाई जीतका लागि १६४ रनको विजयी लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६३ रनको योगफल बनायो । नेपालका लागि करण केसीले सर्वाधिक ४० रनको योगदान दिए । कुल १६ बल खेलेका उनले छ चक्का र दुई चौका प्रहार गर्दै अविजित ४० रनको योगदान दिएका हुन् ।
त्यसैगरी दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाए । उनले ३६ बल खेल्दै दुई चौकाको मद्दतमा ३९ रन जोडेका हुन् । राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान १९/१९ रन जोड्दा आरिफ शेखले १७, पारस खड्काले ११ तथा रोहित पौडेलले १० रन जोडे । बलिङतर्फ माल्दिभ्सका लिम शफिगले तीन तथा अमिल मौरुफले दुई विकेट हात पारे ।
साग क्रिकेटको फाइनल पुग्ने सम्भावनालाई कायमै राख्न पनि नेपाललाई आज माल्दिभ्सविरुद्धको खेल जित्नै पर्ने दबाब छ । यसअघि खेलेका दुई खेलमा नेपालले एक खेलमा जीत तथा एक खेलमा हार व्यहोरेको थियो । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको थियो । अहिले माल्दिभ्स जवाफी ब्याटिङामा उत्रेको छ । माल्दिभ्स ५ विकेटको क्षतिमा ५० रन बनाउँदै अहिले मैदानमा छ ।
नेपाली महिला क्रिकेट टोली निराश
नेपाली महिला क्रिकेट टाेलीले पोखरा क्रिकेट मैदानमा श्रीलंकाले दिएको ११९ रनको लक्ष्य भेट्न नसकेपछि निराश बन्नुपरेकाे छ । नेपाल खेलमा ४१ रनले पराजित हुँदै फाइनलमा पुग्न असफल भएको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंका यू–२३ सँग ४१ रनले पराजित भएक हो ।
पोखरा क्रिकेट मैदानमा श्रीलंकाले दिएको ११९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो । कप्तान रुविना क्षेत्रीले सर्वाधिक १९ रन बनाइन् । यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर ११८ रन बनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार
युरोकप : नेदरल्याण्डसलाई हराउँदै अस्ट्रिया नक आउट चरणमा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार