सीमा जस्तो महत्वपूर्ण बिषयमा मन्त्रीहरु नै गैरजिम्मेवार :-मिनेन्द्र रिजाल
नेपालबहस संवाददाता
मंसिर २०, २०७६ शुक्रबार २१:५३:४४
२० मंसिर काठमाडौं । नेपालको सीमा विवादका बिषयमा छलफल गर्न संसदीय समितिले सम्बन्धित मन्त्रीहरुलाई बोलाउँदा पनि मन्त्रीहरू अनुपस्थित भएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा सीमाका बारेमा छलफल गर्न बोलाउँदा पनि सम्बन्धित मन्त्रीहरु अनुपस्थित भएको भन्दै सांसदहरुले आपत्ति जनाएका हुन् ।
कालापानी लगाएतको भूभाग समेटेर भारतले नयाँ नक्सा जारी गरेपछिको उत्पन्न अवस्थाका बारेमा छलफल गर्न समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई शुक्रबार बैठकमा बोलाएपनि उनीहरु अनुपस्थित थिए ।
कांग्रेस सांसद डाक्टर मिनेन्द्र रिजाल भन्छन्, सीमा बारेको छलफलमा मन्त्री नै नआएपछि थप छलफल गर्नुको कुनै औचित्य छैन
बैठकमा नेकपा सांसद भीम रावले नेपालको सीमा सम्बन्धी महत्वपूर्ण बिषयमा छलफल हुदाँ पनि मन्त्री उपस्थित नहुनुको कारण माग गर्नुपर्ने बताए । मन्त्रीहरुले नै सीमा जस्तो महत्वपूर्ण बिषयमा गैरजिम्मेवार प्रवृति देखाएको उनले बताए ।
त्यस्तै कांग्रेस सांसद डाक्टर मिनेन्द्र रिजालले सीमा बारेको छलफलमा मन्त्री नै नआएपछि थप छलफल गर्नुको कुनै औचित्य नहुने भन्दै अर्को बैठकमा छलफल गर्नुपर्ने बताएका थिए ।
त्यस्तै बैठकमा दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसद गणेश ठगुन्नाले सीमा अतिक्रमणबारे पटकपटक आवाज उठाउँदा पनि सम्बन्धित निकायले गम्भीरतापूर्वक नलिएकाले अहिलेको अवस्था आएको बताए ।
त्यस्तै गृहमन्त्री रामबहादुर थापाले लिपुलेक कालापानी क्षेत्रमा भारतीय सीमा बलको १८ वटा युनिटहरु रहेको र नेपालतर्फ सशस्त्रको १ र नेपाल प्रहरीको ११ वटा युनिट रहेको जानकारी दिदै सो क्षेत्रमा भारतीय सेनाहरुको दुई कम्पनी रहेको बताए ।
उनले सोही क्षेत्रमा भारतीय सुरक्षा सम्बन्धी १३० जनाको छुट्टै कम्पनी रहेको बताए । त्यस क्षेत्र नजिक भारतीय क्षेत्रमा भारतले बिभिन्न सुरक्षाबलको युनिट राखिएको जानकारी दिए । उनले अव सशस्त्र प्रहरी बलको ७ वटा युनिट थप गर्ने तयारी गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार