हैदराबादमा बलात्कारका चार सन्दिग्ध अपराधी ‘प्रहरी इन्काउन्टर’मा मारिए
नेपालबहस संवाददाता
मंसिर २०, २०७६ शुक्रबार २२:५२:२९
२० मंसिर एजेन्सी । दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरू “प्रहरी इन्काउन्टर”मा मारिएको प्रहरी स्रोतले जानकारी दिएको छ । एक हप्तासम्म हिरासतमा रहेका ती सदिग्ध आरोपी व्यक्तिहरू शुक्रवार बिहान दक्षिणी भारतीय शहर हैदराबादमा भाग्न खोज्दा गोली हानिएको प्रहरीले जानकारी दिएको छ ।
ती सदिग्ध आरोपीहरू सुरक्षा अधिकारीबाट हतियार लिन खोज्दा सुरक्षाबलले गरेको कारबाहीमा मारिएका उप प्रहरी आयुक्त प्रकाश रेड्डीले एएफपीलाई बताएका छन् । यी चार जनामाथि गत नोभेम्बरमा भारतको हैदराबाद शहर निवासी २७ वर्षीया महिला पशुचिकित्सकको बलात्कार गरी हत्या गरेको आरोप छ ।
तेलङ्गना प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार शुक्रबार बिहान ३ बजेतिर उनीहरूको एउटा “भिडन्त” मा मृत्यु भएको हो । घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको छ । यी चारै जना संदिग्ध अपराधीलाई पीडित महिलाको जलेको शव भेटिएको स्थानमा लगेर प्रहरीले अनुसन्धान गर्न खोजेको हैदराबादका प्रहरी प्रमुखले बताएका छन् । त्यहाँ उनीहरूले आफूहरुमाथि आक्रमण गर्न खोजेपछि प्रतिकार गरेको र भिडन्त भएको प्रहरीले दाबी गरेको छ ।
प्रहरीका अनुसार यस झपडमा परी दुई प्रहरी अधिकारी घाइते भएका थिए । पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिहरूलाई कडा कारबाहीको माग गर्दै भारतभर प्रदर्शन जारी रहेको छ ।
भारतको संसद्मा बोल्दै सांसदहरुले ती व्यक्तिलाई सार्वजनिकस्थलमा उभ्याएर मार्नुपर्ने माग गरेका थिए । भारतीय सांसद जया बच्चनले संसद्मा बोल्दै सो धारणा राखेकी थिइन् । सामूहिक बलात्कार र हत्याको विभिन्न राजनीतिक दलका कैयौँ सांसदले निन्दा गरेका छन् ।
हराइरहेकी ती पशु चिकित्सकको जलेको शरीर गत साता फेला परेको थियो । गत बुधवार साँझ स्थानीय समयानुसार ६ बजेतिर २७ वर्षीया ती महिला आफ्नो स्कूटरमा घरबाट निस्किएकी थिइन् । केही समयपछि उनले आफ्नो स्कूटर पन्चट भएको र एक ट्रक ड्राइभर सहयोग गर्न अघि सरेको जानकारी बहिनीलाई फोनबाट दिएकी थिइन् ।
महिलाविरुद्ध हिंसाका विभिन्न चर्चित घटनामा सार्वजनिक रूपमा चर्को आक्रोश देखिए पनि भारतमा बलात्कार तथा हिंसाका घटना रोकिएका छैनन् । सांसदले महिलाका निम्ति देश सुरक्षित बनाउन सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरेका छन् ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले यो घटना सम्पूर्ण देशका लागि लज्जास्पद भएको र यसबाट सबैको मन दुखेको बताएका छन् । साथै यस घटनाको निन्दा गर्ने आफूसँग उचित शब्द नभएको पनि उनले बताएका छन् ।
सन् २०१२ को डिसेम्बर महिनामा दिल्लीमा एक महिलाको बसभित्र भएको सामूहिक बलात्कार र यसपछिको हत्याको प्रयासको घटनापश्चात् ल्याइएका कडा कानुनले महिला विरुद्धका अपराधमा कम गराउने अपेक्षा गरिए भए पनि त्यसो हुन नसकेको सिंहको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार