सभापति देउवा भन्छन्, काली पूर्वको भूभाग नेपालकै हो
नेपालबहस संवाददाता
मंसिर २०, २०७६ शनिबार १:२९:४०
२० मंसिर कावासोती । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालीपूर्वको भूभाग नेपाली भूमि भएको बताएका छन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले शुक्रबार आयोजना गरेको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले कालीपूर्वको कालापानीसहितको भूभाग नेपालको भएको दावी गरे ।
महाकाली सन्धिमा समेत स्पष्ट रुपमा महाकाली नदी सीमा नदी र पानी आधाआधा भनी स्पष्ट किटान गरिएको बताउँदै उनले यसको पूर्वको भूभाग नेपालको भएकोे स्पष्ट पारे । भारतले काली नदी र नेपालले महाकाली भन्ने गरेको नदी नै सीमा नदी भएको हुँदा यस पूर्वको भाग नेपालको भएको उनले उल्लेख गरे । सभापति देउवाले अङ्गे्रजले छापेको नक्सामा काली नदी र तिब्बती नक्सामा कुटियाङ्दी भन्ने गरिएको नदी नै महाकाली नदी भएको बताउँदै यसैलाई सीमा नदी मानेको हँुदा यस पूर्वको भाग नेपालको भएको स्पष्ट गरे ।
सभापति देउवाले भारतले नक्सा छापेर कालापानी आफ्नो भनेकामा यसको विरोध सरकारले कडा रुपमा गर्नुपर्नेमा जोड दिए । उनले आफूहरु सबैले यस विषयमा अगाडि बढ्नुस् भनेर सरकारलाई भनेको भए पनि सरकारले अग्रसरता नदेखाएको आरोप लगाए । अर्को एक प्रसङ्गमा पे्रस स्वतन्त्रता नभएसम्म प्रजातन्त्र टिक्न नसक्ने बताउँदै उनले प्रेसमाथि हुने हमला प्रजातन्त्रमाथिको हमला भएकोसमेत उल्लेख गरे ।
कार्यक्रममा सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पुरस्कारबाट पत्रकार किशोर नेपाललाई सम्मानसमेत गरिएको थियो । प्रेस युनियन नवलपुरले १५ वर्षअघि स्थापना गरेको पुरस्कार यस वर्ष नेपाललाई प्रदान गरिएको हो ।
नेपाललाई रु २५ हजार र ताम्रपत्रले सम्मान गरिएको पे्रस युनियन नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले बताए । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा सूर्यभक्त र उनकी धर्मपत्नी पतनादेवीको स्मृतिमा छोरा मदनभक्त अधिकारीले राखेको अक्षयकोष रकमबाट हरेक वर्ष एक जना पत्रकारलाई सम्मान गरिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार