चामुण्डाबाट आरुबारी पुग्ने एक किमी सडक वर्षौदेखि अलपत्र
नेपालबहस संवाददाता
मंसिर २०, २०७६ शनिबार २:२१:८
२० मंसिर काठमाडौं । राजधानीमै एक किमी सडक निर्माण शुरु भएको वर्षौँ बितिसक्दा पनि निर्माण कार्य नसकिँदा स्थानीयवासी धुलो एवम् हिलोबाट पीडित बनेका छन् ।
गोकर्णेश्वर नगरपालिका–५ स्थित चामुण्डा मन्दिरबाट वडा नं ८ आरुबारी पुग्ने करीब एक किमी सडक वर्षौदेखि अलपत्र छ । आठ मिटर चौडाइको सडक कालोपत्र शुरु भएको दुई वर्ष बितिसक्यो तर काम सकिएको छैन । लामो समयदेखि सडक नबन्दा धुलोले टिक्न नसकिएको स्थानीय लालबहादुर रोक्काले गुनासो गरे ।
सडकमा कतै आयोजना सूचना पार्टीसमेत नराख्दा केही जानकारी पाउन नसकिएको उपभोक्ताको भनाइ छ । घर भत्काउन मुआब्जा दिनुपर्ने भएकाले उपलब्ध सडकमै कालोपत्र गर्न लागिएको सडक डिभिजन काठमाडौँका प्रमुख कैलाशनाथ श्रेष्ठले जानकारी दिए ।
घर नपर्ने स्थानमा भने सडक आठ मिटर बनाइएको छ । आरुबारीबाट माथि जाने वैकल्पिक सडक भएकाले स्थानीयवासीलाई अनुरोध गरेर आठ मिटर कायम गरिएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए।
सडक निर्माण गर्दा तल्लो भागमा ठूला ढल हालेपनि माथिल्लो भागमा सानो ढल हाल्दापछि समस्या आउने देखिएको स्थानीयवासी निशा लामाले सुनाए । यो सडक निर्माण गरिरहेको पिआर निर्माण व्यवसायीसँग यससम्बन्धी लागत अनुमान मागे पनि पाउन नसकिएको उनको भनाइ थियो ।
सडक पाँच मिटर, दायाँबायाँ पेटी एक÷एक मिटर तथा ड्रेन एक मिटर गरी आठ मिटरमा विस्तार गर्न रु आठ करोड बजेट विनियोजन भएको छ । एक महिनाभित्र काम सक्ने निर्माण व्यवसायीका तर्फबाट सडक रेखदेखमा खटिएका सुपरभाइजर नारायण तिमल्सिनाको प्रतिबद्धता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रिय समिति बैठक, ६४ जनाले राखे धारणा
पुष २२, २०८१ सोमबार