निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन
नेपालबहस संवाददाता
मंसिर २१, २०७६ आइतबार ४:२५:५३
२१ मंसिर सुर्खेत । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सरकारले घोषणा गरेका निःशुल्क स्वास्थ्य सेवाका कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिए ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित मेहेलकुना अस्पतालको आज अनुगमन तथा निरीक्षण गर्दै उनले आधारभूत स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याउन अस्पताल व्यवस्थापनलाई निर्देशन दिए ।
राज्यमन्त्री रावतले स्वास्थ्य सेवाको नियमित अनुगमन गर्न स्थानीय जनप्रतिनिधि र अस्पताल व्यवस्थापन समितिलाई आग्रह गरे । “संविधानप्रदत्त स्वास्थ्य सेवाको अधिकारको कार्यान्वयन गर्न स्थानीय र प्रदेश सरकारको पनि जिम्मेवारीमा पर्छ”, उनले भने, “सङ्घीय सरकारले आवश्यक सहयोग गर्छ, तर अस्पताल व्यवस्थापन र स्थानीय जनप्रतिनिधि उपलब्ध साधनस्रोतको अधिकतम लाभ सर्वसाधारण नागरिकले पाउने सवालमा सचेत हुनैपर्छ ।” स्रोतको दुरुपयोग हुन नदिनका लागि ख्याल गर्न पनि उनले सचेत गराए ।
मेहेलकुना अस्पताललाई सुविधासम्पन्न बनाउन सके गुर्भाकोट नगरपालिकाका साथै भेरीगङ्गा नगरपालिका, चिङ्गाड, सिम्ता गाउँपालिका जाजरकोट र पश्चिम रुकुमका नागरिकले स्वास्थ्योपचार पाउने राज्यमन्त्री रावतको भनाइ थियो ।
सो अस्पतालमा हाल १८ श्यया मात्र सञ्चालनमा छ । अब ५० श्यया सञ्चालनका लागि भवन निर्माण भइरहेको छ । मेहेलकुना अस्पतालाई नमूना अस्पताल बनाउन सबैको प्रयासको जरुरी रहेको बताउँदै उनले चिकित्सकलाई निजी क्लिनिकमा केन्द्रित नहुन सचेत गराए।
“दुर्गम क्षेत्रमा चिकित्सक नबस्ने समस्या छ, सरकारी कोटामा छात्रवृत्ति पाएर दुर्गममा सेवा नगर्ने चिकित्सकप्रति सरकार कडा कदम चाल्न बाध्य हुनेछ”, उनले भने ।
गृह जिल्ला सुर्खेत आएका राज्यमन्त्री रावतसँग अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.मनिषकुमार मिश्रले अस्पतालमा एम्बुलेन्सका साथै दरबन्दी अनुसारका कर्मचारीको अभाव रहेको बताए । डा.मिश्रले गत वर्षमा मात्र ३९ हजार १७८ बिरामी भर्ना भएको तथा ३० हजारले औषधिको प्रयोग गरेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार
दिउँसो २ बजेलाई सारियो प्रतिनिधिसभा बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार