पर्यवारणको संरक्षका लागी पाँच हजार रुख रोपिने
नेपालबहस संवाददाता
मंसिर २२, २०७६ आइतबार १४:४३:३६
२२ मंसिर वीरगन्ज । बढ्दो वायु प्रदुषणलाई कम गर्ने उदेश्यका साथ वीरगन्जमा पाँच हजार रुख रोपिने अभियानको शनिबारदेखि सुरुवात भएको छ । लायन्स क्लब अफ वीरगन्ज गेटवेलको अयोजनामा वीरगन्जको नगवामा अवस्थित फोहर व्यवस्थापन केन्द्रमा विभिन्न प्रजातिका पाँच सय रुख रोपिदै सो अभियानको थालनी गरिएको हो ।
लायन्स क्लब अफ वीरगन्ज गेटवेलले आयोजना गरेको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले रुख रोपि उक्त अभियानको सुरुवात गर्नु भएको हो । नगवामा निर्माण भइरहेको फोहर व्यवस्थापन केन्द्रबाट उत्षर्जन हुने वायु प्रदुषणलाई कम गर्न उक्त स्थानमा बढी अक्सिजन उत्सर्जित गर्ने प्रजातिका रुख रोपिन लागिएकोे आयोजकले जनाएका छन् ।
कार्बनडाई अक्साइडलाई ग्रहण गर्दै बढी अक्सिजन उत्पादन गर्ने निम, पिपल, अमला लगाय विभिन्न प्रजातिका पाँच हजार रुख रोपिने योजना रहेको लायन्स क्लब अफ वीरगन्ज गेटवेका अध्यक्ष डा। महेश्वर प्रसादले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले बढ्दो वायु प्रदुषणलाई नियन्त्रण गर्न वृक्षारोपन वाहेको अर्को विकल्प नभएकाले महानगर भित्र रहेका प्रतेक घरमा कम्तीमा चारवाट रुख अनिवार्यरुपमा रोपनु पर्ने महानगपालिकाले कानुन बनाएको बताए।
लायन्सले सुरु गरेको उक्त अभियान अन्र्तरगत एक महिना भित्र वीरगन्जको विभिन्न स्थानमा पाँच हजार रुख रोपिने योजना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार